बिहीबार, जेष्ठ ७,२०८३ 08:14:57
Bizshala
  • बिहीबार, जेष्ठ ७,२०८३ 08:14:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कोशी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक, पर्यटन मुख्य प्राथमिकतामा, कोशी ‘भ्रमण वर्ष’ पुनः घोषणा

Laxmi Sunrise Bank Limited
कोशी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक, पर्यटन मुख्य प्राथमिकतामा, कोशी ‘भ्रमण वर्ष’ पुनः घोषणा
Shivam Cement

काठमाण्डौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेशको विकास प्राथमिकतालाई नयाँ ढाँचामा अघि सारेको छ ।  

प्रदेश प्रमुख परशुराम खापुङ्ग ले बिहीबार प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पर्यटन, पूर्वाधार, शिक्षा, कृषि तथा सेवा प्रवाह सुधारलाई प्रमुख आधार स्तम्भका रूपमा राखिएको छ ।

Bizshala
New Office
CG Motors

प्रदेश सरकारले कोशीको आर्थिक रूपान्तरणका लागि पर्यटन क्षेत्रलाई मुख्य इञ्जिन बनाउने रणनीति अघि सारेको छ ।  

सोहीअनुसार आर्थिक वर्ष २०८३ साउनदेखि २०८५ असारसम्मको अवधिलाई पुनः ‘कोशी प्रदेश भ्रमण वर्ष’ का रूपमा मनाउने घोषणा गरिएको छ ।  

यसअघि पनि भ्रमण वर्ष घोषणा गरिएपनि अपेक्षित नतिजा नआएको पृष्ठभूमिमा नयाँ कार्ययोजना सहित कार्यक्रम अघि सारिएको हो ।

पर्यटन प्रवर्द्धनका लागि सरकारले धार्मिक तथा सांस्कृतिक स्थलहरूलाई जोडेर नयाँ सर्किट विकास गर्ने योजना बनाएको छ ।  

सुनसरीका प्रमुख तीर्थस्थल बराह क्षेत्र, पिण्डेश्वर, दन्तकाली र विष्णुपादुका समेटेर ‘चारधाम सर्किट’ निर्माण गर्ने नीति लिइएको छ, जसले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

पूर्वाधार विकासलाई दीर्घकालीन आर्थिक रूपान्तरणको आधार मान्दै कोशी प्रदेशले ठूला रणनीतिक परियोजनाहरू अघि सारेको छ ।  

सुनसरीको चतरादेखि चौरीखर्कसम्म रेलमार्गको सम्भाव्यता अध्ययन, तमोर–लेउती बहुउद्देश्यीय सुरुङमार्ग तथा केचनकवल–सगरमाथा द्रुतमार्गको सम्भाव्यता अध्ययन गर्ने योजना प्रस्तुत गरिएको छ ।

नेपालको सबैभन्दा होचो स्थान केचनकवल देखि विश्वको सर्वोच्च शिखर सगरमाथा सम्म जोड्ने अवधारणालाई प्रदेशले दीर्घकालीन रणनीतिक पूर्वाधारका रूपमा व्याख्या गरेको छ ।

यी परियोजनाहरू संघीय सरकारसँगको समन्वयमा अघि बढाइने सरकारको भनाइ छ ।

प्रदेश सरकारले पूर्वाधार संरचनालाई एकीकृत पहिचान दिने उद्देश्यले सडक, भवन तथा सार्वजनिक संरचनामा एकरूप रङ्ग, संकेत चिन्ह र डिजाइन मानक लागू गर्ने योजना पनि अघि सारेको छ ।  

यसले प्रदेशका विकास संरचनालाई व्यवस्थित र पहिचानयुक्त बनाउने अपेक्षा गरिएको छ ।

सामाजिक विकासतर्फ ‘सक्षम छोरी’ कार्यक्रममार्फत साक्षरता दर कम भएका समुदायका बालिकालाई लक्षित गर्दै शिक्षामा पहुँच विस्तार गरिने भएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

साथै किशोरी सशक्तीकरण तथा आत्मरक्षा अभियानलाई स्थानीय तहसम्म विस्तार गर्ने नीति सरकारले लिएको छ ।

प्राविधिक शिक्षामा विद्यार्थीलाई व्यवहारिक सीपसँग जोड्ने उद्देश्यले ‘पढ्दै कमाउँदै कार्यक्रम’ सञ्चालन गरिनेछ, जसले युवा जनशक्तिलाई रोजगारी र उद्यमशीलतासँग जोड्ने लक्ष्य राखेको छ ।

‘उज्यालो सहर’ कार्यक्रमअन्तर्गत प्रमुख राजमार्ग आसपासका सहरहरूमा स्थानीय तहसँगको सहलगानीमा सोलार सडक बत्ती जडान गरिनेछ ।  

साथै भदौ २३ र २४ गतेको तोडफोड र आगजनीबाट क्षतिग्रस्त प्रदेश सभा तथा मन्त्रालय भवनहरूको पुनर्निर्माणलाई प्राथमिकतामा राखिएको छ ।

हवाई तथा यातायात विकासतर्फ विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विस्तार गर्न संघीय सरकारसँग समन्वय गरिनेछ ।  

साथै कोशी प्रदेशबाट पोखरा र भैरहवा बीच अन्तरप्रदेश हवाई सेवा सञ्चालन गर्ने लक्ष्य पनि लिइएको छ ।  

पर्वतीय तथा आन्तरिक उडान विस्तारका लागि निजी क्षेत्रलाई समेत प्रोत्साहन गरिने नीति छ ।

शिक्षा र अनुसन्धान क्षेत्रमा मनमोहन प्राविधिक विश्वविद्यालयलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने तथा धनकुटामा चिकित्साशास्त्र अध्ययन कार्यक्रम सुरु गर्ने तयारी अघि बढाइने भएको छ ।

कृषि क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता बढाउन चिया र अलैँचीको निर्यात प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय चिया सम्मेलन आयोजना गरिने घोषणा गरिएको छ ।  

यसले कोशीको कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने अपेक्षा गरिएको छ ।

कृषिमा आत्मनिर्भरता हासिल गर्न प्याज, लसुन, आलु र टमाटरजस्ता प्रमुख तरकारी उत्पादनलाई प्रोत्साहन गर्दै आयात प्रतिस्थापन गर्ने नीति सरकारले लिएको छ ।  

युवालाई कृषि क्षेत्रमा आकर्षित गर्न विभिन्न प्रोत्साहन कार्यक्रम पनि विस्तार गरिनेछ ।

संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउन प्रदेश समन्वय परिषद् र प्रशासनिक समन्वय परिषद्लाई सक्रिय बनाइनेछ ।  

साथै विकास आयोजना कार्यान्वयनलाई नतिजामुखी बनाउन अनुगमन र मूल्याङ्कन प्रणालीलाई थप सुदृढ गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.