काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनअन्तर्गत मतगणना सम्पन्न भएको छ। निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम परिणामअनुसार वरिष्ठ उपाध्यक्ष पदमा सुरकृष्ण वैद्य विजयी भएका छन् भने कोषाध्यक्ष पदमा मनिषलाल प्रधान निर्वाचित भएका छन्।
वरिष्ठ उपाध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा सुरकृष्ण वैद्यले ५६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी रामचन्द्र सघई ले ३० मत प्राप्त गरेका थिए।
त्यसैगरी, कोषाध्यक्ष पदमा मनिषलाल प्रधानले ६१ मत प्राप्त गर्दै विजयी भए। उनका प्रतिस्पर्धी अम्बिका प्रसाद पौडेल ले २५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।
महासंघको नयाँ नेतृत्व चयनसँगै निजी क्षेत्रको प्रतिनिधित्व र आर्थिक नीतिमा थप सक्रिय भूमिका रहने अपेक्षा गरिएको छ।

