शुक्रबार, जेष्ठ ८,२०८३ 06:25:14
Bizshala
  • शुक्रबार, जेष्ठ ८,२०८३ 06:25:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

निर्वाचन परिणामले पुराना दलप्रति जनताको आक्रोश देखायो : सभापति थापा

Laxmi Sunrise Bank Limited
निर्वाचन परिणामले पुराना दलप्रति जनताको आक्रोश देखायो : सभापति थापा
Shivam Cement

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको वास्तविक चित्र उजागर गरेको बताएका छन् ।  

उनले जनतामा परम्परागत राजनीतिक दलप्रति बढ्दो असन्तुष्टि, अविश्वास र आक्रोश निर्वाचनमार्फत प्रत्यक्ष रूपमा प्रकट भएको टिप्पणी गरेका हुन् ।

Bizshala
New Office
CG Motors

कोशी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै थापाले फागुन २१ को निर्वाचन परिणाम अपेक्षाभन्दा फरक आएको स्वीकार गरे ।  

उनले यसलाई सामान्य राजनीतिक उतारचढावका रूपमा नलिएर गम्भीर सन्देशका रूपमा बुझ्नुपर्ने बताए ।  

उनका अनुसार अब राजनीतिक दलहरूले आत्मसमीक्षा गर्दै व्यवहार र कार्यशैलीमा सुधार ल्याउनुपर्ने बेला आएको छ ।

सभापति थापाले २०७२ सालमा संविधान निर्माण र शान्ति प्रक्रिया टुंगिएपछि नागरिकले राजनीतिक दलहरूप्रति आशा र विश्वास व्यक्त गरेको स्मरण गरे ।  

तर, त्यसपछिको राजनीतिक अभ्यासले भने जनअपेक्षाअनुसार परिणाम दिन नसकेको उनको भनाइ थियो ।

“नागरिकले हामीलाई अवसर दिएका थिए, तर हामीले त्यो विश्वासलाई सही रूपमा व्यवस्थापन गर्न सकेनौँ,” उनले भने, “२०७४ पछि राजनीतिको केन्द्रमा जनताको मुद्दाभन्दा सत्ता, शक्ति, गुट र व्यक्तिगत स्वार्थ बढी हाबी भयो ।”

उनले सत्ता समीकरण, गठबन्धन राजनीति र सरकार बनाउने–भत्काउने खेलले राजनीतिको विश्वसनीयता कमजोर बनाएको टिप्पणी गरे ।  

निर्वाचनमा एक दलसँग सहकार्य गर्ने र सरकार निर्माणमा अर्को दलसँग मिल्ने प्रवृत्तिले नागरिकमा राजनीतिक दलप्रति वितृष्णा बढेको उनको भनाइ थियो ।

सभापति थापाले यो अवस्थाको जिम्मेवारी कुनै एक दल वा नेतामाथि मात्र थोपर्न नमिल्ने स्पष्ट पारे ।  

Garima Development Bank
Shivam Cement
IME remit

आफू पनि त्यसै राजनीतिक संस्कृतिको एक हिस्सा भएको स्वीकार गर्दै उनले सबै दल र नेताहरूले सामूहिक रूपमा आत्ममूल्यांकन गर्नुपर्ने बताए ।

उनले नागरिकको आक्रोश मतदानमार्फत प्रत्यक्ष देखिएको उल्लेख गर्दै परम्परागत दलका स्थायी मतदाता पनि यसपटक फरक ढंगले प्रस्तुत भएको बताए ।

“पुस्तौँदेखि एउटै चुनाव चिह्नमा मतदान गर्दै आएका मतदाता पनि यसपटक भित्रभित्रै आक्रोशित देखिए,” उनले भने, “बाहिर पुरानै दललाई मत दिने जस्तो देखिए पनि मतदान केन्द्रभित्र गएपछि उनीहरूले फरक निर्णय गरे ।”

थापाले केवल पार्टीको महाधिवेशन, संगठन विस्तार वा आन्तरिक व्यवस्थापनले मात्रै जनताको विश्वास फर्काउन नसकिने धारणा राखे ।  

उनले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को उदाहरण दिँदै अधिवेशन सम्पन्न गरेर व्यवस्थित देखिएका दलहरू पनि निर्वाचनमा कमजोर परिणाम भोग्न बाध्य भएको बताए ।

उनले राजनीतिक दलहरू अब भ्रम र आत्ममुग्धतामा बस्न नहुने चेतावनी दिए ।

“अरूलाई दोष दिएर वा बाहिरी कारण देखाएर हामी उम्किन सक्दैनौँ,” उनले भने, “नागरिकको भावना, असन्तुष्टि र अपेक्षालाई गम्भीर रूपमा बुझेर मात्रै राजनीतिक दलहरूले आफ्नो विश्वसनीयता पुनः स्थापित गर्न सक्छन् ।”

थापाले अबको राजनीति सत्ता केन्द्रित नभई जनताको भरोसा जित्ने दिशामा केन्द्रित हुनुपर्ने धारणा राख्दै व्यवहार परिवर्तन, राजनीतिक संस्कारमा सुधार र उत्तरदायी नेतृत्वको खाँचो औँल्याए ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.