मंगलवार, कार्तिक ३,२०८३ 05:36:00
  • मंगलवार, कार्तिक ३,२०८३ 05:36:00
Global IME Bank Limited

गणपति लघुवित्तको छिन्चु शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Bizshala
गणपति लघुवित्तको छिन्चु शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
New Office

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय छिन्चु, सुर्खेतद्वारा आयोजित एकदिने वित्तीय साक्षरता कार्यक्रम आइतबार छिन्चुमा सम्पन्न भएको छ।

संस्थागत सामाजिक उत्तरदायित्व कोष अन्तर्गत आयोजित उक्त कार्यक्रमको उद्देश्य संस्थामा आबद्ध ग्राहक सदस्यहरूलाई वित्तीय सचेतना तथा वित्तीय शिक्षाबारे जानकारी प्रदान गर्नु रहेको थियो।

कार्यक्रममा भेरीगंगा नगरपालिका–१० का वडाध्यक्ष वीरबहादुर बस्नेत प्रमुख अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रममा संस्थाको बाँसगढी अनुगमन कार्यालयका अनुगमन अधिकृत दिपेन्द्रप्रसाद सापकोटाले सहजीकरण गरेका थिए ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कार्यक्रममा ३४ जना महिला ग्राहक सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता केन्द्र नं. १०९ की सदस्य डल्लीकुमारी सिंहले गरेकी थिइन् भने सञ्चालन शाखा कार्यालय छिन्चुकी सहायक सविता शाहीले गरेकी थिइन् ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

शाखा प्रबन्धक उद्यवराज बजगाईका अनुसार कार्यक्रम अन्तर्गत शाखा कार्यालय मातहतका केन्द्रहरू मध्ये वार्षिक मूल्याङ्कनका आधारमा उत्कृष्ट तीन केन्द्रलाई सम्मान गरिएको थियो। साथै उत्कृष्ट व्यवसायी तथा सर्वोत्कृष्ट बचतकर्तालाई समेत कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.