आईतवार, जेष्ठ १७,२०८३ 11:55:01
Bizshala
  • आईतवार, जेष्ठ १७,२०८३ 11:55:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

पीएसजीले लगातार दोस्रोपटक जित्यो च्याम्पियन्स लिग, आर्सनल पेनाल्टीमा स्तब्ध

Laxmi Sunrise Bank Limited
पीएसजीले लगातार दोस्रोपटक जित्यो च्याम्पियन्स लिग, आर्सनल पेनाल्टीमा स्तब्ध
Shivam Cement

काठमाण्डौ । युरोपेली क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगको फाइनलमा फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले जितेको छ । पैएसजीले बेलायती क्लब आर्सनललाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जित्न सफल भएको छ।

निर्धारित ९० मिनेट तथा अतिरिक्त ३० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि उपाधिको छिनोफानो पेनाल्टीमार्फत गरिएको थियो। अत्यन्त प्रतिस्पर्धात्मक फाइनलमा आर्सनल उपाधिनजिक पुगेर पनि अन्तिम क्षणमा निराश बन्न पुग्यो।

Bizshala
New Office
CG Motors

खेलको छैटौं मिनेटमै काइ हाभर्ट्जले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। मार्टिन ओडेगार्डको दबाबमा पीएसजीका कप्तान मार्किन्होसको क्लियरन्स असफल भएपछि प्राप्त अवसरलाई हाभर्ट्जले उत्कृष्ट फिनिसिङमार्फत गोलमा परिणत गरेका थिए।

पहिलो हाफमा आर्सनलले सशक्त रक्षात्मक प्रदर्शन गर्दै पीएसजीका आक्रमणलाई नियन्त्रणमा राखेको थियो। तर दोस्रो हाफमा क्रिस्थियन मोस्केराले ख्मीचा क्वारात्स्खेलियामाथि पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि पीएसजीले बराबरी गर्ने अवसर पायो। ओस्मान डेम्बेलेले पेनाल्टीलाई गोलमा परिणत गर्दै खेल १–१ को अवस्थामा ल्याए।

त्यसपछि दुवै टोलीले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि निर्णायक गोल निस्कन सकेन। अतिरिक्त समयमा आर्सनलले पेनाल्टीको दाबी गरे पनि रेफ्रीले त्यसलाई अस्वीकार गरेका थिए, जसले खेलमा थप विवाद सिर्जना गर्यो।

Garima Development Bank
Shivam Cement
Bizshala

 

पेनाल्टी सुटआउटमा एबेरेची एजेले आर्सनलका लागि अवसर गुमाए भने गोलकिपर डेभिड रायाले पीएसजीको एक प्रहार बचाउँदै टोलीलाई खेलमा कायम राखे। तर अन्तिम निर्णायक प्रहारका लागि आएका गाब्रिएलको प्रहार गोलपोस्टमाथिबाट बाहिरिएपछि आर्सनलको उपाधि सपना चकनाचुर भयो।

यससँगै पीएसजीले लगातार दोस्रो पटक च्याम्पियन्स लिगको ट्रफी उचाल्दै युरोपेली फुटबलमा आफ्नो प्रभुत्व कायम राखेको छ। अर्कोतर्फ, प्रिमियर लिग विजेता आर्सनल भने पहिलो च्याम्पियन्स लिग उपाधि जित्ने लक्ष्यमा पुनः असफल भएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.