मंगलवार, असार ९,२०८३ 12:18:25
Bizshala
  • मंगलवार, असार ९,२०८३ 12:18:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

इरानले दियो ‘गेट अफ टियर्स’ बन्द गर्ने चेतावनी, विश्वलाई कसरी पार्न सक्छ रुन बाध्य ?

Laxmi Sunrise Bank Limited
इरानले दियो ‘गेट अफ टियर्स’ बन्द गर्ने चेतावनी, विश्वलाई कसरी पार्न सक्छ रुन बाध्य ?

काठमाण्डौ । इरानले सोमबार अमेरिकासँग सबै प्रकारका सम्पर्क बन्द गर्ने घोषणा गरेको छ। इरानको सरकारी समाचार संस्था तस्नीमका अनुसार इरान र उसका सहयोगीहरू, जसलाई ‘एक्सिस अफ रेजिस्टेन्स’ भनिन्छ, ले हर्मुज जलमार्ग पछि अब लाल सागरको प्रवेशद्वारमा रहेको ‘बब अल–मन्डेब जलमार्ग’ लाई पनि बन्द गर्ने धम्की दिएका छन्। हर्मुज जलमार्ग बन्द हुँदा विश्वका धेरै देशहरू गम्भीर तेल तथा ग्यास संकटमा परेका छन् । यस्तोमा अब बब अल–मन्डेब वास्तवमै बन्द गरियो भने यसको परिणाम अझ विनाशकारी हुन सक्ने बताइएको छ ।

बब अल–मन्डेब जलमार्ग बन्द गर्ने इरानको धम्कीले तेहरान पूर्ण रूपमा आक्रामक अवस्थामा पुगेको र अमेरिकालाई कुनै पनि प्रकारको छुट नदिने निर्णय गरिसकेको संकेत गर्छ। बब अल –मन्डेब किन यति महत्त्वपूर्ण छ ? इरानले यसलाई अवरुद्ध गरे विश्वमा के असर पर्छ ? भन्ने कुरा बुझ्न आवश्यक छ। ब अल–मन्डेबलाई ‘गेट अफ टियर्स’ अर्थात् ‘आँसुको ढोका’ पनि भनिन्छ। त्यसैले यदि इरानले यसलाई साँच्चै बन्द गर्यो भने उसले विश्वलाई नै रुवाउन सक्छ।

New Office
CG Motors
Garima Development Bank

बब अल–मन्डेब बन्द भए के असर पर्छ ?

सोमबार इजरायलले लेबनानमा आफ्नो आक्रमण तीव्र बनाएपछि इरानको रिभोल्युसनरी गार्ड्सले अमेरिकासँग युद्ध अन्त्यका लागि मध्यस्थमार्फत भइरहेको सबै वार्ता रोक्ने घोषणा गर्यो। तस्नीमका अनुसार लेबनानमा जियोनिस्ट शासनका निरन्तर अपराधहरू र युद्धविरामका मुख्य सर्तहरू उल्लङ्घन गरिएकाले इरानी वार्ता टोलीले मध्यस्थमार्फत हुने संवाद र सन्देश आदानप्रदान रोक्ने निर्णय गरेको हो।

मिडिया रिपोर्टका अनुसार इरान र उसका सहयोगीहरूले हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने र बब अल–मन्डेब सहित अन्य मोर्चाहरू सक्रिय गर्ने दृढ निर्णय गरेका छन्। बब अल–मन्डेब अवरुद्ध गर्ने धम्की विश्व अर्थतन्त्रका लागि ठूलो संकट बन्न सक्छ।

यो जलमार्ग एउटा अत्यन्त साँघुरो समुद्री मार्ग हो, जसले लाल सागरलाई अदनको खाडी र हिन्द महासागरसँग जोड्छ। यसको एकातिर यमन र अर्कोतिर अफ्रिकाका जिबुटी तथा इरिट्रिया रहेका छन्। सबैभन्दा साँघुरो भागमा यसको चौडाइ मात्र २६ देखि २९ किलोमिटर छ।

यो इरानको सीमा नजिक पर्दैन, तर यमनका तटीय क्षेत्रमा इरान समर्थित हूती विद्रोहीहरूको प्रभाव छ। इरानले यही ‘एक्सिस अफ रेजिस्टेन्स’ समूहको प्रयोग गरेर जहाजहरूलाई एन्टी–शिप ब्यालिस्टिक मिसाइल र ड्रोन मार्फत निशाना बनाउन सक्छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

किन यति महत्त्वपूर्ण ?

फोर्ब्सका अनुसार विश्वको कुल समुद्री व्यापारको करिब १२ प्रतिशतदेखि १४ प्रतिशत हिस्सा यही मार्ग हुँदै गुज्रिन्छ। एशियाबाट युरोप जाने अधिकांश व्यावसायिक कन्टेनर जहाज यही बाटो प्रयोग गर्छन्।

यो जलमार्ग भूमध्यसागर र स्वेज नहरको दक्षिणी प्रवेशद्वार हो। यदि बब अल–मन्डेब बन्द भयो भने स्वेज नहरको महत्त्व लगभग समाप्त हुन्छ। टाइम म्यागजिनका अनुसार मध्यपूर्वबाट युरोप र अमेरिकातर्फ जाने तेल तथा एलएनजी बोकेका ट्यांकरहरू यही मार्ग प्रयोग गर्छन्।

यस मार्गबाट दैनिक करिब ४० देखि ५० लाख ब्यारेल कच्चा तेल ओसारपसार हुन्छ।  यदि हर्मुज र बब अल–मन्डेब दुवै बन्द भए भने विश्वको करिब २५ प्रतिशत तेल तथा ग्यास आपूर्ति प्रभावित हुन सक्छ।

त्यसले कच्चा तेलको मूल्य आकाशिनेछ, जसले पेट्रोल, डिजेल तथा बिजुलीको लागत विश्वभर बढाउनेछ। जहाजहरूले त्यसपछि अफ्रिकाको दक्षिणी भागस्थित केप अफ गुड होप हुँदै लामो मार्ग अपनाउनुपर्नेछ। सामान्यतया २०–२५ दिन लाग्ने यात्रा ३५–४० दिन सम्म पुग्न सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.