सोमबार, श्रावण १८,२०८३ 03:36:17
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:36:17
Bizshala
Global IME Bank Limited

मार्क जुकरबर्गले ल्याए ‘मेटा एआई’, के अन्त्य हुनेछ च्याटजीपीटीको दबदबा ?

मार्क जुकरबर्गले ल्याए ‘मेटा एआई’, के अन्त्य हुनेछ च्याटजीपीटीको दबदबा ?
New Office

काठमाण्डौ । मेटाले अन्ततः आफ्नो एआई असिस्टेन्ट लञ्च गरेको छ । मेटाले ‘मेटा एआइ’नामक असिस्टेन्ट लञ्च गरेको हो ।  

यो एआई असिस्टेन्टलाई फेसबुक,इन्स्टाग्राम,ह्वाट्सएप र म्यासेन्जरमा निःशुल्क प्रयोग गर्न सकिनेछ । यो एआई च्याटबटले एललामा थ्रिमा काम गर्ने छ । जुन कम्पनीको सबैभन्दा उच्चस्तरको एआई मोडल हो ।  

मेटा एआईको प्रतिष्पर्धा च्याटजीपीटी र गूगलको जेमिनीसँग हुनेछ । यो प्लेटफर्ममा प्रयोगकर्ताले थ्रप्रै प्रश्न सोध्ने सक्नेछन् । यसका साथै यसमा पहुँच पुर्याउन अन्य प्लेटफर्मको तुलनामा धेरै नै सजिलो हुने जनाइएको छ । यसका लागि अतिरित्त एपको आवश्यकता पर्ने छैन ।  

के गर्न सक्छ मेटा एआई ?

मेटा एआई एउटा‘ट्रू भर्चुअल असिस्टेन्ट हो । जसले तपाईको तमाम प्रश्नहरुको उत्तर दिनेछ । यसले तपाईको जिज्ञाशाहरु समाधान गर्न,सुझाव दिन र कोड्स लेख्न सहयोग गर्नेछ । यसको सहायताले तपाईले फोटो पनि जेनेरेट तथा एनिमेट गर्न सक्नुहुनेछ । 

ह्वाट्सएप, इस्टाग्राम र म्यासेन्जरमा मेटा एआई एउटा भिन्न च्याटको रुपमा देखिनेछ । ह्वाट्स एपमा तपाईको कन्भर्सेसन प्राइभेट हुनेछ र अन्य ह्वाट्सएप प्रयोगकर्तालाई देखिने छैन । यसलाई मेटाको प्लेटफर्महरुमा सजिलै कुनै नयाँ एप डाउनलोड नगरिकनै प्रयोग गर्न सकिन्छ ।  

कस्तो छ यो एआई असिस्टेन्टको फाइदा ?

यसको प्रयोग फेसबुकमा पनि गर्न सकिनेछ । फेसबुकमा यो एआई असिस्टेन्टको सहायताले कुनै पनि पोस्टको बारेमा थप जानकारी माग्न सकिन्छ । यदि कसैले फेसबुकमा इतिहाससँग सम्बन्धीत कुनै पोस्ट गर्यो भने, एआईको सहयोगले त्यो विषयमा अन्य थप जानकारी लिन सकिनेछ । यसका लागि फेसबुक बन्द गरेर अन्य प्लेटफर्ममा जान आवश्यक पर्दैन ।  

यसका साथै मेटा एआईलाई डेस्कटपमा पनि एक्सेस गर्न सकिन्छ । यसका लागि मेटा डट एआईको आधिकारिक डोमेनमा जानुपर्ने हुन्छ । यहाँ फेसबुक अकाउन्टबाट साइन इन गर्नुपर्ने हुन्छ । तत्कालका लागि मेटा एआई अंग्रेजी भाषामा मात्रै उपलब्ध छ । -एजेन्सी   

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.