Bizshala
  • मंगलवार, असार २३,२०८३ 11:17:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रास्वपा बागमती प्रदेश अधिवेशनको रोकिएको मतदान शनिबार गर्ने तयारी

Laxmi Sunrise Bank Limited
रास्वपा बागमती प्रदेश अधिवेशनको रोकिएको मतदान शनिबार गर्ने तयारी

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनअन्तर्गत रोकिएको मतदान पुनः सञ्चालन गर्ने तयारी भएको छ।

निर्वाचन आयोगका उपप्रमुख राम गुरुङका अनुसार स्थगित मतदान सम्भवतः शनिबार नै गरिने तयारी भइरहेको छ।

New Office
CG Motors
Garima Development Bank

उनका अनुसार मतदानको स्थान भने अझै टुंगो लागिसकेको छैन।

“रोकिएको मतदान शनिबार गराउने विषयमा छलफल भइरहेको छ, सम्भवतः सोही दिन मतदान हुन्छ,” गुरुङले बताए।

उनले कतिपय प्रतिनिधिहरूले हेटौंडामै अधिवेशन सम्पन्न गर्नुपर्ने माग राखेको उल्लेख गर्दै, विकल्पका रूपमा काठमाडौंमा गर्ने विषयमा पनि छलफल भइरहेको जानकारी दिए।

निर्वाचन आयोगका अनुसार मतदान प्रक्रिया प्राविधिक तथा व्यवस्थापकीय कारणले स्थगित गरिएको थियो।  

मतपत्रमा देखिएका त्रुटि सच्याउने, मतदाता नामावलीको अन्तिम प्राविधिक प्रमाणीकरण गर्ने तथा समायोजन सूचीमा परेका करिब ४०० जनासम्बन्धी उजुरीहरूको समाधान गर्न प्रक्रिया रोकिएको हो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आयोगले निर्वाचन प्रक्रियालाई सहज बनाउन आवश्यक जनशक्ति थप्ने निर्णयसमेत गरेको जनाएको छ।  

साथै, रोकिएको अधिवेशन पुनः शुरु गर्दा सबै प्रतिनिधिलाई सहभागी हुने अवसर सुनिश्चित गरिने बताइएको छ।

निर्वाचन आयोगले नयाँ मिति र विस्तृत विवरण मतदान शुरु हुनुभन्दा कम्तीमा २४ घण्टा अगावै आधिकारिक रूपमा सार्वजनिक गरिने जनाएको छ।

यसैबीच, बागमती प्रदेश नेतृत्वका लागि निवर्तमान सभापति अच्युतम लामिछाने, उत्सव अर्याल, हरि खत्री र कृष्णमान शाक्य प्रतिस्पर्धामा रहेका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.