बिहीबार, जेष्ठ २८,२०८३ 04:58:22
Bizshala
  • बिहीबार, जेष्ठ २८,२०८३ 04:58:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कोशी प्रदेश सरकारको बजेट २ अर्बले बढ्ने, निम्न–मध्यम वर्गलाई लक्षित राहत कार्यक्रम बजेटमा समेटने तयारी

Laxmi Sunrise Bank Limited
कोशी प्रदेश सरकारको बजेट २ अर्बले बढ्ने, निम्न–मध्यम वर्गलाई लक्षित राहत कार्यक्रम बजेटमा समेटने तयारी
Shivam Cement

काठमाण्डौ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब ३८ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ।  

यो बजेट चालू आर्थिक वर्षको तुलनामा झन्डै २ अर्ब रुपैयाँ बढी हुने आर्थिक मामिला तथा योजनामन्त्री विदूरकुमार लिङ्थेपले जानकारी दिएका छन्।

Bizshala
New Office
CG Motors

मन्त्री लिङ्थेपका अनुसार चालु आर्थिक वर्षमा बजेट खर्चको दर अपेक्षाकृत कम हुँदा प्रदेश सरकारको सञ्चित कोषमा नगद मौज्दात बढेको छ।  

साथै संघीय सरकारबाट प्राप्त हुने अनुदान रकममा समेत वृद्धि भएकाले आगामी बजेटको आकार बढाउन सहज भएको उनले बताए।

आगामी बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार र सूचना प्रविधि क्षेत्रलाई उच्च प्राथमिकता दिइने भएको छ।

प्रदेश सरकारका अनुसार जनआस्था बढाउने र प्रत्यक्ष लाभ दिने कार्यक्रमहरूलाई केन्द्रमा राखेर बजेट विनियोजन गरिनेछ।

Garima Development Bank
Shivam Cement
Bizshala

यसैबीच, संघीय सरकारले ल्याएको कर तथा शुल्क नीतिको प्रभावलाई ध्यानमा राख्दै निम्न र मध्यम वर्ग तथा सुकुम्बासी समुदायलाई लक्षित राहत कार्यक्रम पनि समावेश गर्ने तयारी गरिएको छ।

आर्थिक विवरणअनुसार चालू आर्थिक वर्षका लागि ३६ अर्ब २ करोड रुपैयाँको बजेट विनियोजन गरिएकोमा करिब ७० प्रतिशत मात्र खर्च हुने अनुमान छ।  

अघिल्लो वर्ष भने करिब ८० प्रतिशत बजेट खर्च भएको थियो।  

हालसम्म कोशी प्रदेश सरकारको सञ्चित कोषमा करिब १२ अर्ब ८१ करोड रुपैयाँ नगद मौज्दात रहेको बताइएको छ।

सरकारले बजेटको प्रभावकारी कार्यान्वयनमार्फत विकास गति बढाउने र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.