बुधबार, असार २४,२०८३ 02:55:09
Bizshala
  • बुधबार, असार २४,२०८३ 02:55:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

१८ वर्षमुनिका बालबालिकालाई सैनिक प्रयोग गर्न नपाइने, कानून बनाउन सर्वोच्चको आदेश

Laxmi Sunrise Bank Limited
१८ वर्षमुनिका बालबालिकालाई सैनिक प्रयोग गर्न नपाइने, कानून बनाउन सर्वोच्चको आदेश

काठमाण्डौ । सर्वोच्च अदालतले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई सैनिक वा अर्धसैनिक संरचनामा प्रयोग गर्न पूर्ण रूपमा रोक लगाउने स्पष्ट कानूनी व्यवस्था बनाउन सरकारका नाममा परमादेश जारी गरेको छ।

बाल अधिकार संरक्षण तथा अन्तर्राष्ट्रिय मानवअधिकार मापदण्डको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न आवश्यक ठहर गर्दै अदालतले यस्तो विषयमा छुट्टै दण्डनीय कानून अनिवार्य रहेको निष्कर्ष निकालेको हो।

New Office
CG Motors
Garima Development Bank

न्यायाधीशत्रय सपना प्रधान मल्ल, सुनिलकुमार पोखरेल र शान्तिसिंह थापाको पूर्ण इजलासले शुक्रबार उक्त आदेश जारी गरेको हो।

फैसलामा १८ वर्षमुनिका व्यक्तिलाई कुनै पनि प्रकारले सैन्य वा अर्धसैनिक गतिविधिमा संलग्न गराउन नपाइने व्यवस्था व्यवहारमै कडाइका साथ लागू गर्न सरकारलाई निर्देशन दिइएको छ।

साथै, यस्तो कार्यलाई स्पष्ट रूपमा अपराधको रूपमा परिभाषित गर्दै दण्डनीय बनाउने कानूनी संरचना तत्काल निर्माण गर्नुपर्ने उल्लेख गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अदालतले राज्यले बालबालिकाको सर्वोत्तम हित, सुरक्षा र संरक्षणलाई प्राथमिक प्राथमिकतामा राख्नुपर्ने बताउँदै अन्तर्राष्ट्रिय दायित्वअनुसार बालसैनिक प्रयोगलाई पूर्ण रूपमा अन्त्य गर्न कानूनी आधार अपरिहार्य रहेको स्पष्ट पारेको छ।

यो आदेशसँगै बालअधिकार संरक्षणसम्बन्धी नीति तथा कानूनी प्रावधानहरू थप कडा हुने अपेक्षा गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X