बुधबार, श्रावण १३,२०८३ 03:31:17
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 03:31:17
Bizshala
Global IME Bank Limited

कोशी प्रदेशको नयाँ बजेट सार्वजनिक हुँदै, पूर्वाधार विकासमा जोड

कोशी प्रदेशको नयाँ बजेट सार्वजनिक हुँदै, पूर्वाधार विकासमा जोड
New Office

काठमाण्डौ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।  

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदूरकुमार लिङ्थेपले आज प्रदेशसभामा आगामी वर्षको आय–व्ययको अनुमानित विवरण प्रस्तुत गर्दैछन्।

बजेट प्रस्तुत गर्न प्रदेशसभा सचिवालय पुग्दा मन्त्री लिङ्थेप परम्परागत ब्रीफकेसको सट्टा नेपाली मौलिकता र स्थानीय पहिचान झल्किने ढाकाको झोला बोकेको देखिए।  

स्वदेशी उत्पादनको प्रवर्द्धन तथा स्थानीय संस्कृतिप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले उनले बजेट वक्तव्य ढाकाको झोलामा राखेर संसद् भवन पुगेका हुन्।

प्रदेश सरकारका अनुसार यसपटकको बजेटलाई उत्पादन, रोजगारी र दिगो विकाससँग जोड्ने प्रयास गरिएको छ।

विशेषगरी कृषि, पर्यटन र भौतिक पूर्वाधार विकासलाई केन्द्रमा राखेर बजेट तर्जुमा गरिएको बताइएको छ।  

कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि, बजार व्यवस्थापन तथा किसानको आयस्तर उकास्ने कार्यक्रमहरूलाई प्राथमिकता दिइने अपेक्षा गरिएको छ।

त्यसैगरी, कोशी प्रदेशको पर्यटन सम्भावनालाई आर्थिक समृद्धिसँग जोड्न पर्यटन पूर्वाधार निर्माण, पर्यटकीय गन्तव्यको प्रवर्द्धन र निजी क्षेत्रसँगको सहकार्य विस्तार गर्ने योजनाहरू पनि बजेटमा समेटिने जनाइएको छ।  

सडक, पुल, सिँचाइ तथा अन्य आधारभूत पूर्वाधार निर्माणमार्फत प्रदेशको आर्थिक गतिविधिलाई गति दिने लक्ष्य सरकारले लिएको छ।

केहीबेरमा बस्ने प्रदेशसभा बैठकमा मन्त्री लिङ्थेपले बजेट वक्तव्य प्रस्तुत गर्नेछन्।  

बजेटमार्फत आगामी वर्षका विकास प्राथमिकता, राजस्व स्रोत, खर्चको संरचना तथा विभिन्न क्षेत्रगत कार्यक्रमहरूको विस्तृत खाका सार्वजनिक हुनेछ।

प्रदेश सरकारले सीमित स्रोत–साधनबीच उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिँदै आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना र सेवा प्रवाह सुधारलाई मुख्य उद्देश्य बनाएको जनाएको छ।

यस वर्षको बजेटले प्रदेशको आर्थिक विकासको दिशा तय गर्ने महत्वपूर्ण नीतिगत दस्तावेजका रूपमा भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.