सोमबार, श्रावण १८,२०८३ 04:50:05
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:50:05
Bizshala
Global IME Bank Limited

सातै प्रदेशको बजेट सार्वजनिक: पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीमा विशेष जोड

सातै प्रदेशको बजेट सार्वजनिक: पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीमा विशेष जोड
New Office

काठमाण्डौ । देशका सातै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन् ।  

अधिकांश प्रदेशले पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै बजेट ल्याएका हुन् ।

सोमबार ६ प्रदेशले समयमै बजेट प्रस्तुत गरे पनि सुदूरपश्चिम प्रदेशमा सत्ता पक्षभित्रको विवादका कारण बजेट मध्यरातमा मात्र सार्वजनिक भएको थियो । बजेट ढिलाइको विरोध गर्दै विपक्षी दलहरूले प्रदेशसभा बैठक बहिष्कार गरेका थिए ।

सुदूरपश्चिम प्रदेश : ३७ अर्ब ७० करोडको बजेट

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३७ अर्ब ७० करोड रुपैयाँको बजेट ल्याएको छ ।  

आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आन्तरिक राजस्व, राजस्व बाँडफाँट, सङ्घीय अनुदान तथा अन्य वित्तीय स्रोतबाट बजेट व्यवस्थापन गरिने जनाए ।  

चालू र पुँजीगत खर्चको विस्तृत विवरण भने बजेट वक्तव्यमा खुलाइएको छैन ।  

प्रदेशको चालू आर्थिक वर्षको बजेट ३३ अर्ब ४७ करोड रुपैयाँ थियो ।

कर्णालीमा सडक, स्वास्थ्य र शिक्षामा ठूलो लगानी

कर्णाली प्रदेश सरकारले ३५ अर्ब ३९ करोड ८५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।  

प्रदेश सरकारले सडक पूर्वाधार, स्वास्थ्य सेवा विस्तार र शिक्षाको गुणस्तर सुधारलाई केन्द्रमा राखेको छ ।  

रणनीतिक सडक निर्माण, झोलुङ्गे पुल, स्मार्ट सिटी तथा प्रशासनिक भवन निर्माणका लागि उल्लेख्य रकम छुट्याइएको छ ।

स्वास्थ्य क्षेत्रमा कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने, जटिल रोगका बिरामीलाई उपचार सहयोग उपलब्ध गराउने तथा महिला स्वास्थ्य स्वयंसेविकाको भत्ता वृद्धि गर्ने कार्यक्रम समावेश गरिएको छ ।  

शिक्षा क्षेत्रमा डिजिटल शिक्षण, शिक्षक व्यवस्थापन र छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

कोशी प्रदेश: कृषि, पर्यटन र पूर्वाधारमा केन्द्रित

कोशी प्रदेशले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट ल्याएको छ ।  

आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले प्रस्तुत गरेको बजेटमा कृषि उत्पादन वृद्धि, पर्यटन प्रवर्द्धन तथा पूर्वाधार विकासलाई मुख्य प्राथमिकता दिइएको छ ।  

बजेटको ठूलो हिस्सा पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ ।

बागमती प्रदेश : शिक्षा र स्वास्थ्यमा विशेष ध्यान

बागमती प्रदेश सरकारले ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई प्राथमिकतामा राखेको छ ।  

प्रदेश सरकारले स्मार्ट शिक्षण प्रणाली, कृत्रिम बुद्धिमत्ता (एआई) आधारित तालिम, प्राविधिक शिक्षा र छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छ ।

स्वास्थ्य क्षेत्रमा अत्याधुनिक उपकरणसहित विशेषज्ञ सेवा विस्तार गरिने भएको छ ।  

खेलकुद पूर्वाधार निर्माणअन्तर्गत गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालगायत ठूला परियोजनालाई निरन्तरता दिइने बजेटमा उल्लेख छ ।

गण्डकी प्रदेश : पर्यटन र कृषि विकासमा जोड

गण्डकी प्रदेश सरकारले ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

सडक सञ्जाल विस्तार, धार्मिक तथा साहसिक पर्यटन प्रवर्द्धन, कृषि व्यवसाय विस्तार र सामाजिक विकासलाई प्राथमिकतामा राखिएको छ ।

कोराला–त्रिवेणी सडक आयोजना, धार्मिक पर्यटन परिपथ विकास तथा ढोरपाटन क्षेत्रको पर्यटन प्रवर्द्धनका कार्यक्रम बजेटका मुख्य आकर्षण बनेका छन् ।  

कृषि क्षेत्रमा फलफूल तथा नगदेबाली खेती विस्तारका लागि विशेष बजेट विनियोजन गरिएको छ ।

लुम्बिनी प्रदेश : डिजिटल रूपान्तरण र उद्यमशीलतामा जोड

लुम्बिनी प्रदेश सरकारले ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।  

प्रदेश सरकारले आर्थिक विकास, डिजिटल सेवा विस्तार, उद्यमशीलता प्रवर्द्धन र कृषि आधुनिकीकरणलाई प्राथमिकतामा राखेको छ ।

‘उद्यम विकास कोष’ स्थापना गरी स्टार्टअप र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने योजना बजेटमा समावेश गरिएको छ ।  

स्वास्थ्य क्षेत्रमा क्यान्सर, मिर्गौला र मुटुरोगीलाई आर्थिक सहयोग कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

मधेश प्रदेश :  युवालाई रोजगारी, महिलालाई सशक्तीकरण

मधेस प्रदेश सरकारले ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट ल्याएको छ ।  

कृषि, शिक्षा, स्वास्थ्य र उद्यमशीलता विकासलाई केन्द्रमा राख्दै प्रदेश सरकारले युवाका लागि ‘सय दिने रोजगारी ग्यारेन्टी कार्यक्रम’ घोषणा गरेको छ ।

महिला सशक्तीकरणका लागि ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमलाई परिमार्जन गरी नयाँ स्वरूपमा सञ्चालन गरिने भएको छ ।  

साथै सुशासन प्रवर्द्धनका लागि ‘हेलो सिएम एप’ र टोल–फ्री सेवा सञ्चालन गरिनेछ ।  

कर्मचारीको तलब १० प्रतिशत वृद्धि गर्ने व्यवस्था पनि बजेटमा समेटिएको छ ।

विकास र सेवा विस्तारमा प्रदेशहरूको साझा प्राथमिकता

सार्वजनिक भएका बजेटहरूलाई हेर्दा सातै प्रदेशले पूर्वाधार विकास, स्वास्थ्य सेवा सुधार, गुणस्तरीय शिक्षा, कृषि उत्पादन वृद्धि, पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जनालाई साझा प्राथमिकताका रूपमा अघि सारेका छन् ।

तर, बजेट कार्यान्वयनको प्रभावकारिता, राजस्व परिचालन र विकास आयोजनाको समयमै सम्पन्नता भने प्रदेश सरकारका लागि आगामी वर्षका प्रमुख चुनौती रहने देखिन्छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.