Bizshala
  • मंगलवार, असार २३,२०८३ 11:03:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मधेश प्रदेशका १३६ प्रयोगशालाका कर्मचारी आन्दोलनमा, जनकपुरधाममा धर्ना

Laxmi Sunrise Bank Limited
मधेश प्रदेशका १३६ प्रयोगशालाका कर्मचारी आन्दोलनमा, जनकपुरधाममा धर्ना

काठमाण्डौ । प्रदेश सरकार र स्थानीय तहको साझेदारीमा मधेश प्रदेशका १ सय ३६ स्थानीय तहमा सञ्चालित जनस्वास्थ्य प्रयोगशालामा कार्यरत प्रयोगशालाकर्मीहरू विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका छन् ।

दीर्घ समयदेखि तलब तथा सेवा–सुविधा नपाएको गुनासो गर्दै उनीहरूले संयुक्त संघर्ष समिति गठन गरी जनकपुरधामस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा धर्ना तथा विरोध कार्यक्रम शुरु गरेका हुन् ।

New Office
CG Motors
Garima Development Bank

आर्थिक वर्ष २०८२/८३ को कात्तिक महिनादेखि हालसम्म नियमित तलब प्राप्त नभएको, साथै चाडपर्व भत्ता लगायत कानूनअनुसार पाउनुपर्ने सेवा–सुविधा पनि रोकिएको उनीहरूको आरोप छ ।

दैनिक जीवनयापनमै कठिनाइ भएको भन्दै उनीहरूले तत्काल समस्या समाधानको माग गरेका छन् ।

त्यसैगरी, चालू आर्थिक वर्ष समाप्त हुने चरणमा पुगिसक्दा समेत कर्मचारीहरूको सेवा सम्झौता नवीकरण तथा म्याद थप प्रक्रियामा कुनै प्रगति नभएको उनीहरूले बताएका छन् ।  

सम्झौता अन्योलमा पर्दा कामको निरन्तरता र सेवा प्रवाहसमेत प्रभावित हुने अवस्था आएको उनीहरूको भनाइ छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समस्या समाधानका लागि सम्बन्धित प्रदेश तथा स्थानीय तहका निकायहरूलाई पटक–पटक मौखिक तथा लिखित रूपमा जानकारी गराइए पनि कुनै ठोस पहल नभएको कारण आन्दोलनमा उत्रिन बाध्य भएको प्रयोगशालाकर्मीहरूको दाबी छ ।

उनीहरूले कात्तिक महिनादेखिको बाँकी सम्पूर्ण तलब तत्काल भुक्तानी गर्न, चालू आर्थिक वर्षको पारिश्रमिक सुनिश्चित गर्न तथा सेवा सम्झौता अविलम्ब नवीकरण गर्न सरकारसँग जोडदार माग गरेका छन् ।  

साथै चाडपर्व, पोशाक, जोखिम र महँगी भत्ता लगायत कानूनबमोजिमका सबै सुविधा उपलब्ध गराउन पनि उनीहरूले माग गरेका छन् ।

माग सम्बोधन नभए आन्दोलन जारी रहँदा जनस्वास्थ्य प्रयोगशालाबाट प्रदान हुने सेवा प्रभावित भए त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित प्रदेश तथा स्थानीय तहका निकायहरूले लिनुपर्ने चेतावनी समेत उनीहरूले दिएका छन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.