मधेशमा बलियो राजनीतिक शक्ति निर्माण गरौ: प्रचण्ड
काठमाण्डौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश प्रदेशमा पार्टी संगठन सुदृढ बनाउनुपर्ने बताएका छन्।जनकपुरधाममा आयोजित नेकपा मधेश प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण तथा एकता भेलालाई सम्बोधन गर्दै उनले मधेशको राजनीतिक संगठनलाई पार्टीले विशेष प्राथमिकतामा राखेको बताए।

