बुधबार, असार ३,२०८३ 07:11:40
Bizshala
  • बुधबार, असार ३,२०८३ 07:11:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भारतीय अवरोधका कारण नेपाली चिया निर्यात प्रभावित, उद्योग बन्द हुने अवस्थामा

Laxmi Sunrise Bank Limited
भारतीय अवरोधका कारण नेपाली चिया निर्यात प्रभावित, उद्योग बन्द हुने अवस्थामा
Shivam Cement

काठमाण्डौ । कोशी प्रदेशका झापा, इलाम लगायत जिल्लामा उत्पादित नेपाली चिया निर्यातमा भारतीय पक्षबाट गरिएको भनिएको गुणस्तर परीक्षणका नाममा लगाइएको अवरोधका कारण चिया उद्योग गम्भीर संकटमा परेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त अवरोधलाई गैर–भन्सार प्रकृतिको बताउँदै तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरिएको छ।

Bizshala
New Office
CG Motors

विज्ञप्तिअनुसार पछिल्ला केही दिनदेखि ठूलो परिमाणमा तयार चिया भारततर्फ निर्यात हुन नसक्दा सीमावर्ती नाकामा मालसामान रोकिएको छ। यसले उद्योगहरूको गोदाममा मौज्दात बढ्नुका साथै नगद प्रवाहमा गम्भीर समस्या सिर्जना भएको बताइएको छ।

महासंघका अनुसार यस समस्याबाट हजारौँ चिया किसान, श्रमिक तथा उद्यमीहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। हाल कोशी प्रदेशका चिया उद्योगहरू विगत तीन दिनदेखि अनिश्चितकालका लागि बन्द गर्नुपर्ने बाध्यात्मक अवस्थामा पुगेका छन्।

नेपालमा करिब १० हजार हेक्टर क्षेत्रमा वार्षिक २ करोड ७४ लाख केजी चिया उत्पादन हुने गरेको छ भने उद्योग क्षेत्रमा २० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्। यसरी उत्पादन हुने नेपाली चिया मुख्य रूपमा भारतसहित तेस्रो मुलुकमा निर्यात हुँदै आएको छ।

Garima Development Bank
Shivam Cement
Bizshala

उद्योग बन्द हुँदा रोजगारी गुम्ने जोखिम बढेको र समग्र क्षेत्रीय अर्थतन्त्रमा नकारात्मक असर पर्ने चेतावनी समेत महासंघले दिएको छ।

महासंघले यस्ता समस्या समाधानका लागि नेपाल सरकारले तत्काल उच्चस्तरीय कूटनीतिक पहल गरी निर्यात सहज बनाउने वातावरण तयार गर्न आग्रह गरेको छ।

नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले सम्बन्धित निकायलाई आवश्यक पहल गर्न अनुरोध गर्दै चिया उद्योग, किसान र श्रमिकहरूको हित संरक्षणमा संस्था प्रतिबद्ध रहेको बताएका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.