शुक्रबार, असार ५,२०८३ 02:56:25
Bizshala
  • शुक्रबार, असार ५,२०८३ 02:56:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रास्वपाको पहिलो महाधिवेशनको उद्घाटन शत्रमा सभापति लामिछाने र प्रधानमन्त्री बालेनको सम्बोधन गर्ने

Laxmi Sunrise Bank Limited
रास्वपाको पहिलो महाधिवेशनको उद्घाटन शत्रमा सभापति लामिछाने र प्रधानमन्त्री बालेनको सम्बोधन गर्ने
Shivam Cement

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो राष्ट्रिय महाधिवेशनलाई विशेष राजनीतिक कार्यक्रमका रूपमा अघि बढाउने तयारी गरेको छ।  

महाधिवेशनको उद्घाटन सत्रमा पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले सम्बोधन गर्ने भएका छन्।

Bizshala
New Office
CG Motors

पार्टीले असार ७ गते आइतबार चितवनको भरतपुरमा महाधिवेशनको औपचारिक उद्घाटन गर्ने तयारी गरेको छ।  

उद्घाटन समारोहमा दुवै शीर्ष नेताबाट पार्टीको भावी दिशा, संगठन विस्तार तथा समसामयिक राजनीतिक विषयमा धारणा आउने अपेक्षा गरिएको छ।

रास्वपा केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालका अनुसार भरतपुरस्थित गेस्ट हाउस चौरलाई महाधिवेशन स्थलका रूपमा अन्तिम रूप दिइएको छ।  

उक्त स्थानमा उद्घाटन समारोहका लागि मञ्च निर्माण, सुरक्षा व्यवस्थापन, स्वयंसेवक परिचालनलगायतका सम्पूर्ण तयारीहरू तीव्र गतिमा भइरहेको उनले जानकारी दिए।

उनका अनुसार महाधिवेशन सफल बनाउन आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको छ।

Garima Development Bank
Shivam Cement
Bizshala

महाधिवेशन शुरु हुनुअघि असार ६ गते शनिबार साँझ भरतपुरमै रास्वपाको केन्द्रीय समितिको बैठक बस्ने तयारी गरिएको छ।  

उक्त बैठकमा महाधिवेशनको बाँकी कार्यसूची, आन्तरिक संगठन व्यवस्थापन र आगामी राजनीतिक रणनीतिबारे छलफल हुने बताइएको छ।

रास्वपाले असार ८ गतेदेखि बन्दसत्र सञ्चालन गर्ने प्रारम्भिक योजना बनाएको भएपनि अन्तिम कार्यतालिका भने अझै सार्वजनिक गरिएको छैन।  

बन्दसत्रमा नेतृत्व चयन, नीति निर्माण तथा संगठनात्मक पुनर्संरचनासम्बन्धी महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.