मंगलवार, श्रावण १२,२०८३ 11:48:57
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 11:48:57
Bizshala
Global IME Bank Limited

रास्वपामा केन्द्रीय समिति चयनका लागि निर्वाचन हुने

रास्वपामा केन्द्रीय समिति चयनका लागि निर्वाचन हुने
New Office

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन आजबाट औपचारिक रूपमा शुरु भएको छ।  

तीन दिनसम्म चल्ने महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय समिति चयन गरिनेछ।

यसपटकको महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि निर्वाचन हुने निश्चित भएको छ।  

आकांक्षीहरूको संख्या अत्यधिक भएकाले प्रतिस्पर्धामार्फत सदस्य छनोट गर्ने तयारी गरिएको पार्टी स्रोतले जनाएको छ।

रास्वपाको संशोधित विधानअनुसार केन्द्रीय समितिमा कुल १५८ सदस्य रहने व्यवस्था छ।  

तीमध्ये ९९ जना निर्वाचनमार्फत चयन हुनेछन् भने ५१ जना सदस्य पार्टी सभापतिद्वारा मनोनीत गरिनेछन्।

बाँकी सदस्यहरू सातवटै प्रदेशका सभापतिहरू पदेन रूपमा स्वतः केन्द्रीय समितिमा रहनेछन्।

महाधिवेशनलाई पार्टीले संगठन सुदृढीकरण, नेतृत्व चयन तथा आगामी राजनीतिक रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।

पार्टी स्रोतका अनुसार निर्वाचनमा पराजित हुने केन्द्रीय सदस्यका आकांक्षीहरूलाई पनि सभापतिले मनोनीत सूचीमा समेट्न सक्ने व्यवस्था रहेको छ।  

सभापतिलाई दिइएको ५१ सदस्य मनोनयन अधिकार अन्तर्गत पराजित उम्मेदवारहरूलाई समेत समेट्ने विकल्प खुला रहेको बताइएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.