मंगलवार, श्रावण १२,२०८३ 11:44:57
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 11:44:57
Bizshala
Global IME Bank Limited

रास्वपा महाधिवेशन: संशोधित निर्वाचन तालिका सार्वजनिक, असार ९ मा मतदान

रास्वपा महाधिवेशन: संशोधित निर्वाचन तालिका सार्वजनिक, असार ९ मा मतदान
New Office

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने निर्वाचन प्रक्रियालाई व्यवस्थित बनाउन केन्द्रीय निर्वाचन आयोगले संशोधित कार्यतालिका सार्वजनिक गरेको छ।  

नयाँ तालिकाअनुसार प्रतिनिधि नामावली प्रकाशनदेखि मतदानसम्मका सबै चरणहरू निश्चित समयसीमाभित्र सम्पन्न गरिनेछ।

निर्वाचन आयोगका अनुसार असार ७ गते बिहान ५ बजे महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिनेछ।  

सो सूचीमाथि दाबी–विरोध दर्ता गर्ने समय असार ८ गते बिहान ५ बजेसम्म निर्धारण गरिएको छ।

त्यसपछि सोही दिन बिहान १० बजे अन्तिम नामावली प्रकाशित गरिनेछ।

उम्मेदवारी प्रक्रिया एकै दिनमा सम्पन्न

असार ८ गते उम्मेदवारी दर्ता प्रक्रिया एकै दिनभित्र सम्पन्न गरिनेछ।  

दिउँसो १ बजेदेखि उम्मेदवारी फाराम वितरण शुरु हुनेछ भने २ बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गरिने व्यवस्था मिलाइएको छ।

दर्ता भएका उम्मेदवारहरूको प्रारम्भिक नामावली साँझ ६ बजे सार्वजनिक गरिनेछ।  

त्यसपछि साँझ ६ बजेदेखि ७ बजेसम्म दाबी–विरोध दर्ता गर्न सकिनेछ।

दाबी–विरोधमाथि जाँचबुझ प्रक्रिया साँझ ७ बजेदेखि ८ बजेसम्म सम्पन्न गरिनेछ। 

उम्मेदवारी फिर्ता लिनका लागि राति ९्:१५ बजेसम्मको समय तोकिएको छ।  

त्यसपछि राति ११ बजे अन्तिम उम्मेदवार नामावली प्रकाशित गरिनेछ।

मतदान प्रक्रिया असार ९ गते

असार ९ गते बिहान ७ बजेदेखि ८्:३० बजेसम्म मौन अवधि रहनेछ।

त्यसपछि बिहान ८्:३० बजेदेखि दिउँसो ३ बजेसम्म पार्टी सभापति तथा केन्द्रीय सदस्य चयनका लागि मतदान सञ्चालन हुनेछ।

मतदान सम्पन्न भएको करिब दुई घण्टाभित्र प्रारम्भिक मतगणना शुरु गरी पहिलो चरणको नतिजा सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ।

दोस्रो चरणको निर्णय अलग्गै

पहिलो चरणको परिणामपछि आवश्यक परे दोस्रो चरणको निर्वाचन तथा थप कार्यतालिका छुट्टै रूपमा सार्वजनिक गरिने आयोगले स्पष्ट पारेको छ।

महाधिवेशनमार्फत रास्वपाले नयाँ नेतृत्व चयन गर्दै संगठनलाई थप संस्थागत, पारदर्शी र सुदृढ बनाउने लक्ष्य लिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.