मंगलवार, श्रावण १२,२०८३ 11:46:56
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 11:46:56
Bizshala
Global IME Bank Limited

रास्वपा महाधिवेश: केन्द्रीय सदस्यको प्रारम्भिक सूची सार्वजनिक, मतदान प्रक्रियामा अन्योल

रास्वपा महाधिवेश: केन्द्रीय सदस्यको प्रारम्भिक सूची सार्वजनिक, मतदान प्रक्रियामा अन्योल
New Office

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ।

रास्वपा केन्द्रीय निर्वाचन आयोगले बुधबार उक्त सूची जारी गरेको हो। 

यससँगै महाधिवेशनको निर्वाचन प्रक्रिया अर्को चरणमा प्रवेश गरेको छ।

करिब ४०० जनाले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका थिए।  

प्रारम्भिक नामावली सार्वजनिक भएसँगै अब दाबी–विरोध, उजुरी तथा आवश्यक छानबिन प्रक्रिया अघि बढाइने निर्वाचन आयोगले जनाएको छ।

तर, केन्द्रीय सदस्य चयनका लागि मतदान कहिले शुरु हुने भन्ने विषय अझै स्पष्ट भएको छैन।

प्रारम्भिक सूचीमा परेका उम्मेदवारहरूको अन्तिम नामावली तय भएपछि मात्र मतदान प्रक्रिया अघि बढाइने आयोगले स्पष्ट पारेको छ।

यसबीच पार्टी सभापतिमा रवि लामिछाने मंगलबार राति नै निर्विरोध चयन भइसकेका छन्।  

अब केन्द्रीय सदस्य चयन प्रक्रिया पूरा भएपछि मात्र अन्य पदाधिकारी चयनतर्फ महाधिवेशन अघि बढ्नेछ।

निर्वाचन प्रक्रियामा ढिलाइ भइरहेकाले महाधिवेशनको समग्र कार्यतालिका लम्बिने संकेत देखिएको छ।

आयोगका अनुसार सबै चरण सम्पन्न गर्न थप समय आवश्यक पर्नेछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.