मंगलवार, कार्तिक ३,२०८३ 09:21:07
  • मंगलवार, कार्तिक ३,२०८३ 09:21:07
Global IME Bank Limited

विश्वकपमा ब्राजिल र स्कटल्यान्ड भिड्दै, नेयमार खेल्ने सभावना कति ?

Bizshala
विश्वकपमा ब्राजिल र स्कटल्यान्ड भिड्दै, नेयमार खेल्ने सभावना कति ?
New Office

काठमाण्डौ । ब्राजिलको राष्ट्रिय फुटबल टोली र स्क्टल्याण्डको राष्ट्रिय टोली आज फिफा विश्वकप २०२६ को समूह ‘सी’ अन्तर्गत महत्वपूर्ण खेलमा आमनेसामने हुँदैछन्। दुवै टोली नकआउट चरणमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित मैदान उत्रनेछन्।

ब्राजिल चार अंकसहित समूहको शीर्ष स्थानमा रहेको छ। स्कटल्यान्डविरुद्ध जित वा बराबरी खेलेमा र मोरक्कोले आफ्नो खेल जित्न नसकेमा ब्राजिल समूह विजेताका रूपमा अर्को चरणमा पुग्नेछ।

यता स्कटल्यान्ड भने आफ्नो इतिहासमै पहिलो पटक कुनै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको समूह चरण पार गर्ने लक्ष्यमा छ। टोली कम्तीमा समूहको तेस्रो स्थानमा रहने निश्चित भइसकेको छ, तर नकआउट चरणको सम्भावना बलियो बनाउन उसलाई ब्राजिलविरुद्ध सकारात्मक नतिजा आवश्यक छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

ब्राजिलका स्टार खेलाडी नेयमार चोटमुक्त हुँदै टोलीमा उपलब्ध भएका छन्। प्रशिक्षक कार्लो एनसेलोटीले नेयमार खेल्न तयार रहेको पुष्टि गरे पनि उनी सुरुआती रोजाइमा रहने वा नरहनेबारे खुलाएका छैनन्। नेयमारले चोटका कारण समूह चरणका सुरुआती दुई खेल गुमाएका थिए।

विश्वकप इतिहासमा ब्राजिल र स्कटल्यान्डबीच यो पाँचौं भेट हुनेछ। सन् १९७४ मा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए भने त्यसपछि भएका तीनै विश्वकप भेटमा ब्राजिल विजयी भएको छ। स्कटल्यान्डले अहिलेसम्म विश्वकपमा कुनै पनि दक्षिण अमेरिकी टोलीलाई पराजित गर्न सकेको छैन।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

तथ्यांक विश्लेषक संस्था ओप्टाका अनुसार यस खेलमा ब्राजिलको जितको सम्भावना करिब ६८ प्रतिशत रहेको छ। स्कटल्यान्डको जितको सम्भावना भने १३ प्रतिशतभन्दा कम आँकिएको छ।

मियामीमा हुने यो खेल दुवै टोलीका लागि समूह चरणको निर्णायक परीक्षा मानिएको छ, जहाँ ब्राजिल समूह विजेता बन्ने लक्ष्यमा हुनेछ भने स्कटल्यान्ड ऐतिहासिक उपलब्धिको खोजीमा मैदान उत्रिनेछ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.