काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका विषयगत समितिहरुको नेतृत्व चयन भएको छ । चेम्बर अन्तरर्गतका २४ वटा विभागको सभापति चयन भएको हो । विपद व्यवस्थापन परिषदको सभापतिमा वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्रा चयन भएका छन् । महिला चेम्बरको सभापतिमा उपाध्यक्ष उर्मिला श्रेष्ठ, रोजगारदाता परिषदको सभापतिमा उपाध्यक्ष दिपक श्रेष्ठ चयन भएका छन् ।
यस्तै उपाध्यक्षहरु सुरेन्द्र कुमार श्रेष्ठ बस्तुगत समन्वय परिषद, निलकण्ठ चौलागाईं संस्थागत समन्वय परिषद एवं सन्तोष कुमार पाण्डे जिल्ला समन्वय परिषदको सभापति बनेका छन् । मानार्थ उपाध्यक्ष अर्जुन प्रसाद शर्मा अन्तराष्ट्रिय प्रर्वद्धन समितिको सभापति चयन भएका छन् ।
उपभोक्ता हित आपूर्ति, स्थानीय निकाय, प्रशासन तथा स्थानीय प्रशासन, सुरक्षा समन्वय समितिको सभापतिमा देवेन्द्रभक्त श्रेष्ठ चयन भएका छन् । चेम्बरको राजश्व समितिमा पर्शुराम दाहाल, अतिथि सत्कार, क्लव तथा मर्मत संभार समितिको सभापतिमा राजा रत्न तुलाधर, मेला समितिमा राष्ट्रभुषण चाकुबजी, कृषि जडिबुटी तथा बनजन्य समितिमा कृष्णमान श्रेष्ठ, उद्योग वाणिज्य समितिको सभापतिमा भिमलाल पौडेल चयन भएका छन् ।
चेम्बरको सूचना प्रचार प्रसार समितिमा दीपककाजी तुलाधर,वातावरण समितिमा राम श्रेष्ठ, पर्यटन तथा संस्कृति प्रर्वद्धन समितिमा राजु श्रेष्ठ, युथ चेम्बरको सभापतिमा दीपेश तुलाधर चयन भएका छन् ।
यसैगरी पूर्वाधार तथा भुमि सुधार समितिमा रोशन भोयधो, सामाजिक तथा स्वास्थ्य समितिमा मृगेन्द्रमेहर श्रेष्ठ, बैंक वित्तीय तथा विमा समितिको सभापतिमा मनोहरदास मुल, ऊर्जा समितिको सभापतिमा नरेन्द्रबल्लभ पन्त, निर्यात प्रर्वद्धन समितिको सभापतिमा संजय कुमार अग्रवाल चयन भएका छन् ।
चेम्बर अफ कमर्सको खेलकुद समितिको सभापतिमा रुपक राजवंशी,सूचना प्रविधि समितिमा विज्ञान श्रेष्ठ चयन भएको चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
चेम्बर अफ कमर्सको ७३ औं वार्षिक साधारण सभापछि बनेको नयाँ कार्य समितिले विषयगत समितिको सभापति पनि चयन गरेको हो । यसअघि सल्लाहकार परिषद्को अध्यक्षमा पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ चयन भएका थिए ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                