मंगलवार, श्रावण १२,२०८३ 11:42:26
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 11:42:26
Bizshala
Global IME Bank Limited

रास्वपामा पदाधिकारी चयनको दौड शुरु, विभिन्न पदमा उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक

रास्वपामा पदाधिकारी चयनको दौड शुरु, विभिन्न पदमा उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक
New Office

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) ले नयाँ नेतृत्व चयन प्रक्रियाअन्तर्गत पदाधिकारी पदका लागि उम्मेदवारी दिएका नेताहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगले शुक्रबार बिहान सार्वजनिक गरेको सूचीअनुसार उपसभापति (महिला) को एक पदका लागि प्रतिनिधिसभा सदस्य सोबिता गौतम र तोसिमा कार्की चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

महामन्त्रीको एक पदका लागि कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्यले उम्मेदवारी दिएका छन्।  

प्रारम्भिक सूचीमा समावेश भएका जगदीश खरेलले भने सामाजिक सञ्जालमार्फत उम्मेदवारी फिर्ता लिएको घोषणा गरिसकेका छन्।

त्यस्तै, सहमहामन्त्री (खुला) का दुई पदका लागि ११ जनाबीच प्रतिस्पर्धा हुने भएको छ।  

यस पदमा रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोक कुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजीव खत्री, विजय जैरू, हरि ढकाल र हिमेष पन्तले उम्मेदवारी दिएका छन्।

सहमहामन्त्री (महिला) को एक पदका लागि जुली यादव, जमुना शर्मा (विदूषी), कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मा चुनावी मैदानमा रहेका छन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार उम्मेदवारीमाथि दाबी–विरोध, उम्मेदवारी फिर्ता तथा अन्तिम नामावली प्रकाशनको प्रक्रिया पूरा भएपछि पदाधिकारी चयनका लागि मतदान हुनेछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.