मंगलवार, कार्तिक ३,२०८३ 07:01:39
  • मंगलवार, कार्तिक ३,२०८३ 07:01:39
Global IME Bank Limited

ऊर्जामन्त्री श्रेष्ठद्वारा हाइड्रो टुरिजम अवधारणामा निर्माणाधीन आयोजनाको अवलोकन

Bizshala
ऊर्जामन्त्री श्रेष्ठद्वारा हाइड्रो टुरिजम अवधारणामा निर्माणाधीन आयोजनाको अवलोकन
New Office

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत आयोजनाको स्थलगत अवलोकन गरेका छन् । यो आयोजनाले निर्माण सुरु भएको ६ महिनामै ३० प्रतिशतभन्दा बढी भौतिक प्रगति गरिसकेको छ ।

तनहुँ र नवलपुर जिल्लाको बीचबाट बग्ने कालीगण्डकी नदीमा निर्माणाधीन ४७.७ मेगावाट क्षमताको आयोजना देवघाटको साँधे बगर क्षेत्रमा छ । आगामी दुई वर्षभित्रै आयोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको मौलाकालिका हाइड्रोपावर कम्पनी लिमिटेडका अध्यक्ष कृष्णप्रसाद सुवेदीले बताए ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यो आयोजनाबाट उत्पादित बिजुली चितवनको न्यू भरतपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य छ । यो ड्याम–टु–टो अवधारणामा आधारित आयोजना हो ।

यस आयोजनाको लागि बन्ने १८ मिटर अग्लो बाँधका कारण आयोजनाको अपस्ट्रिमतर्फको कालीगण्डकी नदीमा करिब १५ किलोमिटर लामो जलाशय (पोखरी) बन्नेछ । उक्त जलाशयमा सुविधासम्पन्न क्रुज सेवा सञ्चालन गर्ने योजना कम्पनीले बनाएको छ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

अध्यक्ष सुवेदीका अनुसार बाँधको माथिल्लो भागबाट करिब ३० मिटर उचाइमा आकर्षक झरनाजस्तै पानी झर्ने दृश्य अवलोकन गर्न मिल्ने गरी पाँचतारे होटल पनि निर्माणाधीन अवस्थामा छ । यो आयोजना पूर्ण रूपमा सम्पन्न भएपछि नेपालकै एक नमूना हाइड्रो–टुरिजम परियोजनाका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.