बिहीबार, श्रावण १४,२०८३ 09:01:40
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 09:01:40
Bizshala
Global IME Bank Limited

एनपीएलको तेस्रो संस्करणको अक्सनका लागि १५५ खेलाडी छनोट, ५२ खेलाडी अनुबन्ध हुने

एनपीएलको तेस्रो संस्करणको अक्सनका लागि १५५ खेलाडी छनोट, ५२ खेलाडी अनुबन्ध हुने
New Office

काठमाण्डौ । तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) का लागि हुने खेलाडी अक्सन नजिकिँदै गर्दा टोली निर्माणको प्रतिस्पर्धा थप तीव्र बनेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले १५५ खेलाडीको अन्तिम सूची सार्वजनिक गरेसँगै फ्रेन्चाइज टोलीहरू रणनीतिक तयारीमा केन्द्रित भएका छन्।

आगामी नोभेम्बर–डिसेम्बरतिर आयोजना हुने नेपाल प्रिमियर लिगको आगामी संस्करणका लागि प्रारम्भिक रूपमा दर्ता भएका ३४७ खेलाडीमध्ये छनोट प्रक्रियापछि १५५ खेलाडीलाई अक्सनमा प्रवेश दिइएको हो। तीमध्ये पाँच जना ‘ए’ श्रेणीका प्रमुख खेलाडी, २७ जना ‘बी’ श्रेणीका मध्यम स्तरका खेलाडी र १२३ जना ‘सी’ श्रेणीका उदाउँदा खेलाडी रहेका छन्।

क्यानका अनुसार यसपटकको अक्सनले टोली सन्तुलन र दीर्घकालीन खेलाडी विकास दुवै पक्षलाई प्राथमिकतामा राख्ने लक्ष्य लिएको छ। प्रत्येक फ्रेन्चाइजले अब अघिल्ला सिजनको तुलनामा दुई जना बढी नेपाली खेलाडी अनुबन्ध गर्न पाउने भएकाले टोली संरचनामा उल्लेखनीय परिवर्तन देखिने अपेक्षा गरिएको छ। मार्की खेलाडी र ट्यालेन्ट हन्टबाट छनोट हुने खेलाडीसहित प्रत्येक टोलीमा १४ जना नेपाली खेलाडी रहने व्यवस्था गरिएको छ।

आर्थिक पक्षमा पनि फ्रेन्चाइजहरूबीच प्रतिस्पर्धा देखिएको छ। अक्सनअघि सबैभन्दा ठूलो पर्स जनकपुर बोल्ट्ससँग ६६ लाख २५ हजार रुपैयाँ रहेको छ भने काठमाण्डौ गोर्खाजसँग सबैभन्दा कम ३४ लाख रुपैयाँ छ। 

यस्तै विराटनगर किङ्ससँग ५१ लाख ५० हजार, लुम्बिनी लायन्ससँग ४९ लाख २५ हजार, पोखरा एभेन्जर्ससँग ४५ लाख ५० हजार, सुदूरपश्चिम रोयल्ससँग ४२ लाख ५० हजार, कर्णाली याक्स र चितवन राइनोजसँग समान ४२ लाख  रुपैयाँको पर्स बाँकी छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.