मंगलवार, कार्तिक ३,२०८३ 04:21:22
  • मंगलवार, कार्तिक ३,२०८३ 04:21:22
Global IME Bank Limited

प्रतिनिधिसभाको बैठक आज बस्दै, विभिन्न वार्षिक प्रतिवेदन र विधेयक प्रस्तुत हुने

Bizshala
प्रतिनिधिसभाको बैठक आज बस्दै, विभिन्न वार्षिक प्रतिवेदन र विधेयक प्रस्तुत हुने
New Office

काठमाण्डौ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्ने भएको छ । बैठकको सम्भावित कार्यसूचीअनुसार विभिन्न वार्षिक प्रतिवेदन पेस तथा विधेयकसम्बन्धी व्यवस्थापन कार्य अघि बढाइनेछ।

बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/८२ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन २०८१/८२ प्रतिनिधि सभामा पेस गर्ने कार्यक्रम रहेको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

त्यसैगरी, सरकारले अघि बढाएका विधेयकसम्बन्धी कार्यसूचीअन्तर्गत मन्त्री गौतमले राष्ट्रिय सेवा दल विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्ने र सो विधेयक प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ।

बैठकमा नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गरिनेछ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले राष्ट्रिय सभाबाट उत्पत्ति भएको पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन्।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.