काठमाण्डौ । प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका छन्।
सिंहदरबारस्थित संसद् भवनमा बिहीबार सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गरेलगत्तै विपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोधमा उभिएका हुन्।
विरोधमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सहभागी भएका थिए।
विपक्षी सांसदहरू उठेर विरोधमा उभिएपछि सभामुख अर्यालले नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीलाई बोल्न समय दिएका छन्।

