बुधबार, भाद्र ३१,२०८३ 08:56:04
Bizshala
  • बुधबार, भाद्र ३१,२०८३ 08:56:04
Bizshala
Global IME Bank Limited

सरकारको ७% लक्ष्यलाई एडिबीको झट्का, नेपालको आर्थिक वृद्धिदर ३.९% मात्रै हुने प्रक्षेपण

सरकारको ७% लक्ष्यलाई एडिबीको झट्का, नेपालको आर्थिक वृद्धिदर ३.९% मात्रै हुने प्रक्षेपण
New Office

काठमाण्डौ । एसियाली विकास बैंक (एडिबी) ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ।

एडिबीका अनुसार सन् २०२५ मा नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत रहेको थियो भने सन् २०२७ मा ४.५ प्रतिशत पुग्ने अनुमान गरिएको छ।

सरकारले आगामी आर्थिक वर्षका लागि ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ। चालु आर्थिक वर्षमा सरकारले ६ प्रतिशत वृद्धिको लक्ष्य राखे पनि संशोधित अनुमानअनुसार आर्थिक वृद्धि ३.८५ प्रतिशतमा सीमित हुने देखिएको छ।

Shivam Cement
Bizshala
CG Motors

एडिबीले आगामी वर्ष एसिया तथा प्रशान्त क्षेत्रको आर्थिक वृद्धि सुस्त हुने अनुमान गरेको छ। विश्व अर्थतन्त्रमा देखिएको तनाव, मूल्यवृद्धि र आपूर्ति श्रृंखलामा देखिएका अवरोधका कारण क्षेत्रीय आर्थिक वृद्धिमा दबाब पर्ने एडिबीको आकलन छ।

सन् २०२६ मा दक्षिण एसियामा सबैभन्दा उच्च आर्थिक वृद्धि भारतमा हुने प्रक्षेपण गरिएको छ। एडिबीका अनुसार भारतको आर्थिक वृद्धिदर ६.६ प्रतिशत रहनेछ।

त्यस्तै, भुटानको आर्थिक वृद्धि ६.५ प्रतिशत, श्रीलंकाको ४ प्रतिशत तथा बंगलादेश र पाकिस्तानको समान ३.७ प्रतिशत रहने अनुमान गरिएको छ।

Muktinath Bikas Bank Limited

अफगानिस्तानको आर्थिक वृद्धि २.३ प्रतिशत र माल्दिभ्सको १ प्रतिशत रहने एडिबीको प्रक्षेपण छ। समग्रमा सन् २०२६ मा दक्षिण एसियाको आर्थिक वृद्धि ६ प्रतिशत रहने अनुमान गरिएको छ।

एडिबीले सन् २०२६ मा चीनको आर्थिक वृद्धिदर ४.६ प्रतिशत हुने प्रक्षेपण पनि सार्वजनिक गरेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.