काठमाण्डौ । प्रतिनिधिसभामा ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पेस भएको छ। आज बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त विधेयक प्रस्तुत गरेकी हुन्।
विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले विद्यालयमा अध्ययनरत विद्यार्थीमा देशप्रेम, जनसेवा र राष्ट्रिय एकताको भावना विकास गर्ने उद्देश्यले कानुनी व्यवस्था आवश्यक भएको बताइन्।
उनका अनुसार विद्यार्थीलाई नैतिक, अनुशासित र जिम्मेवार नागरिकका रूपमा विकास गर्न तथा राष्ट्रिय आवश्यकताका आधारमा नेपाली नागरिकलाई तालिम दिएर स्वयंसेवकका रूपमा राष्ट्र सेवामा परिचालन गर्न सकिने व्यवस्था विधेयकमा समेटिएको छ।
यसअघि मन्त्री गौतमले विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रतिनिधिसभामा राखेकी थिइन्।

