मंगलवार, आश्विन १३,२०८३ 09:28:16
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 09:28:16
Bizshala
Global IME Bank Limited

उद्योग वाणिज्य महासंघ कोशी प्रदेशमा नयाँ कार्यविभाजन, विषयगत समिति र सल्लाहकार समिति गठन

Bizshala
उद्योग वाणिज्य महासंघ कोशी प्रदेशमा नयाँ कार्यविभाजन, विषयगत समिति र सल्लाहकार समिति गठन
New Office

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आफ्ना गतिविधिहरूलाई थप प्रभावकारी, गतिशील र व्यवस्थित बनाउने उद्देश्यसहित विभिन्न विषयगत समिति गठन गर्दै जिम्मेवारी बाँडफाँड गरेको छ।

महासंघका अध्यक्ष राजेन्द्र राउतको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले संगठनात्मक कार्ययोजनालाई थप चुस्त बनाउने निर्णय गर्दै विभिन्न क्षेत्रगत समितिका सभापतिहरू तोकेको हो। बैठकले महासंघको कार्यसमितिमा दुई जना आमन्त्रित सदस्यसमेत थप गरेको छ।

महासंघले उद्योग, व्यापार, वित्त, पर्यटन, प्रविधि, महिला उद्यमशीलता, साना तथा घरेलु उद्योग, सामाजिक विकासलगायतका क्षेत्रलाई समेटेर विषयगत समिति गठन गरेको जनाएको छ। समितिहरूले आ–आफ्नो क्षेत्रसँग सम्बन्धित विषयमा अध्ययन, समन्वय र नीतिगत सुझाव प्रदान गर्ने जिम्मेवारी पाउनेछन्।

गठित समितिहरूमा सदस्यता वितरण समितिको अध्यक्षमा महासंघका अध्यक्ष राजेन्द्र राउत रहेका छन् भने उद्योग वाणिज्य परिषद्को सभापतिमा ऋषिराज तिम्सिना, वस्तुगत समन्वय समितिको सभापतिमा राजन श्रेष्ठ, रोजगारदाता परिषद्को सभापतिमा रविन दाहाल चयन भएका छन् ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै बैंक, वित्तीय, बीमा तथा पूँजीबजार समितिको सभापतिमा सुवाष आचार्य, कर तथा राजश्व समितिको सभापतिमा देवकीनन्दन अग्रवाल, पर्यटन तथा हवाई यातायात समितिको सभापतिमा भविष कुमार श्रेष्ठ, महिला उद्यम विकास समितिको सभापतिमा कृति श्रेष्ठ उपाध्याय र व्यापार मेला समितिको सभापतिमा कृष्ण प्रसाद रिजाललाई जिम्मेवारी दिइएको छ।

यसैगरी घरेलु तथा साना उद्योग समितिको सभापतिमा जयप्रकाश शर्मा, आयात–निर्यात समितिको सभापतिमा निर्मल भट्टराई, सामाजिक विकास समितिको सभापतिमा नबिन चौधरी, स्थल यातायात तथा पारवहन समितिको सभापतिमा मेघराज सिग्देल, सूचना तथा सञ्चार प्रविधि समितिको सभापतिमा विजय सन्तोषी राई, स्थानीय निकाय समन्वय समितिको सभापतिमा अंशु बन्जारा तथा स्वास्थ्य तथा सीप विकास समितिको सभापतिमा तरुण संचेती चयन भएका छन् ।

महासंघले सम्बन्धित क्षेत्रका विज्ञहरूको अनुभव र दक्षतालाई संस्थागत नीति निर्माण तथा विकास प्रक्रियामा उपयोग गर्ने उद्देश्यले सल्लाहकार समितिसमेत गठन गरेको छ।

सल्लाहकार समितिमा पूर्व केन्द्रीय सदस्य तथा उद्योग वाणिज्य क्षेत्रका अनुभवी व्यक्तित्वहरू अविनाश बोहरा, तारानाथ घिमिरे, पूर्व अध्यक्ष नरेन्द्रकुमार खड्का, पूर्व उपाध्यक्ष कुमारमणी पोखरेल, पूर्व राजदूत तापस अधिकारी, पूर्व भन्सार प्रशासक श्याम दाहाल, चार्टर्ड एकाउन्टेन्ट सुरज तिम्सिना र अधिवक्ता विकास थापा रहेका छन् ।

महासंघको कार्यसमितिमा आमन्त्रित सदस्यका रूपमा सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष रमेश थापा र झापा उद्योग संघका कृषि उपाध्यक्ष विनय गोयललाई मनोनयन गरिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.