सोमबार, श्रावण १८,२०८३ 04:52:47
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:52:47
Bizshala
Global IME Bank Limited

कोशी प्रदेशको बजेट खर्च २६ अर्ब २५ करोड, पुँजीगत खर्च ७२.२४ प्रतिशत

कोशी प्रदेशको बजेट खर्च २६ अर्ब २५ करोड, पुँजीगत खर्च ७२.२४ प्रतिशत
New Office

 

काठमाण्डौ । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा २६ अर्ब २५ करोड २५ लाख ४८ हजार २२१ रुपैयाँ बजेट खर्च गरेको छ।

प्रदेश लेखा नियन्त्रक कार्यालय विराटनगरले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार प्रदेश सरकारले सुरुमा विनियोजन गरेको कुल बजेटको करिब ७२.७२ प्रतिशत खर्च गरेको हो।

चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ३६ अर्ब ९ करोड ८५ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो। स्रोत व्यवस्थापन र खर्चको अवस्था हेर्दै मध्यावधि समीक्षामार्फत बजेटको आकार घटाएर ३२ अर्ब ४५ करोड रुपैयाँ कायम गरिएको थियो। संशोधित बजेटको तुलनामा भने करिब ८०.९० प्रतिशत खर्च भएको देखिन्छ।

प्रदेश सरकारले चालुतर्फ १३ अर्ब ८२ करोड १२ लाख रुपैयाँ र पुँजीगततर्फ १२ अर्ब ३८ करोड ५८ लाख रुपैयाँ खर्च गरेको छ।

पुँजीगत खर्चका लागि १७ अर्ब १४ करोड ६५ लाख रुपैयाँ विनियोजन गरिएकोमा ७२.२४ प्रतिशत खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

मन्त्रालयगत रूपमा सबैभन्दा धेरै बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले ७ अर्ब ४५ करोड ३३ लाख रुपैयाँ खर्च गरेको छ। उक्त मन्त्रालयका लागि १० अर्ब ६४ करोड ४३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो।

त्यस्तै, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले ४ अर्ब ९ करोड ८७ लाख रुपैयाँ खर्च गरेको छ। स्वास्थ्य मन्त्रालयले २ अर्ब ५० करोड रुपैयाँ, पर्यटन, वन तथा वातावरण मन्त्रालयले २ अर्ब १२ करोड ४३ लाख रुपैयाँ र आर्थिक मामिला तथा योजना मन्त्रालयले १ अर्ब ८९ करोड रुपैयाँ खर्च गरेका छन्।

उद्योग, कृषि तथा सहकारी मन्त्रालयले १ अर्ब १९ करोड ७९ लाख रुपैयाँ, सामाजिक विकास मन्त्रालयले ८९ करोड ९६ लाख रुपैयाँ तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ६४ करोड ६७ लाख रुपैयाँ बजेट खर्च गरेका छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.