सोमबार, असार २,२०८२ 05:31:18
  • सोमबार, असार २,२०८२ 05:31:18
Global IME Bank Limited

नेपालमा भियतनामी लगानी बढाउन सरकारले सहजीकरण गर्ने

Hyundai Nepal
नेपालमा भियतनामी लगानी बढाउन सरकारले सहजीकरण गर्ने
Nabil Bank Limited

काठमाण्डौ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भियतनामी लगानीकर्ताका लागि नेपाल आकर्षक गन्तव्य हुनसक्ने धारणा व्यक्त गरेका छन् । नेपालमा तीव्र आर्थिक विकासका लागि ठूलो परिमाणमा वैदेशिक लगानी आवश्यक रहेको उल्लेख गर्दै उनले भियतनामी लगानीकर्ताका लागि सहजीकरण गर्न सरकार तयार रहेको बताए ।  

नेपालका लागि भियतनामका गैरआवासीय राजदूत न्हुएन थान हाईसँग सोमबार भएको शिष्टाचार भेटमा उपप्रधानमन्त्री श्रेष्ठले दुई मुलुकबीचको कुटनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै आर्थिक क्षेत्रमा सहकार्य बढाउनुपर्ने धारणा राखे ।

नेपालमा लगानी सम्मेलन जारी रहेको सन्दर्भ उल्लेख गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले भियतनामसँग नेपालले पर्यटन, कृषि लगायतका क्षेत्रमा सहकार्य गर्न चाहेको बताए ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सो अवसरमा राजदूत न्हुएन थान हाईले नेपाल र भियतनामबीच कूटनीति सम्बन्ध स्थापनाको ५० वर्ष पुग्नै लागेको उल्लेख गर्दै लगानी सहजीकरणमा आफूले सहयोग गर्ने प्रतिवद्धता जनाए । दुई मुलुकबीच लगानी अभिवृद्धिमा सहकार्य गर्नुपर्ने उनको धारणा छ ।

भियतनामबाट सिधा हवाई उडानको सम्भाव्यताबारे आफुहरुले हेरिरहेको उल्लेख गर्दै राजदूतले यसो हुन सकेमा पर्यटनमा ठूलो टेवा पुग्ने बताए ।  

नेपाल बुद्ध जन्मस्थल भएकाले भियतनामबाट ठूलो संख्यामा पर्यटक नेपाल आइरहेको उल्लेख गर्दै उनले आउँदा दिनमा पर्यटन लगायतका क्षेत्रमा सहकार्य गर्न आफ्नो मुलुक इच्छुक रहेको उनको भनाइ छ ।

भारत र भुटानका लागि समेत भियतनामी राजदूत रहेका न्हुएन थान हाई काठमाडौंमा आयोजित लगानी सम्मेलनका निमित्त नेपाल आएका हुन् ।  

उपप्रधानमन्त्री र राजदूतबीचको भेटमा नेपालका लागि भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठलगायत प्रतिनिधिहरु सहभागी थिए ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.