मंगलवार, श्रावण ५,२०८३ 07:46:23
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 07:46:23
Bizshala
Global IME Bank Limited

प्रधानमन्त्री शाह आज तयारी पोशाक उद्योगका समस्या सामाधानकालागि व्यवसायीसँग छलफल गर्दै

प्रधानमन्त्री शाह आज तयारी पोशाक उद्योगका समस्या सामाधानकालागि व्यवसायीसँग छलफल गर्दै
New Office

 

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान साढे ११ बजे हुने छलफलमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमारी गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल र प्राविधिक सल्लाहकार प्रकाशकुमार झालगायत सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलमा तयारी पोशाक उद्योगको वर्तमान अवस्था, व्यवसायीले भोगिरहेका समस्या, उत्पादन तथा निर्यात प्रवर्द्धन, रोजगारी सिर्जना र उद्योग क्षेत्रको समग्र विकासका विषयमा कुराकानी हुनेछ।

संघका पदाधिकारीहरूले उद्योग सञ्चालनमा देखिएका समस्या समाधान तथा नीतिगत सुधारका लागि प्रधानमन्त्रीसमक्ष सुझाव प्रस्तुत गर्ने कार्यक्रम छ। छलफलपछि सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने तयारी रहेको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री शाहले पछिल्ला दिनमा निजी क्षेत्र, उद्योगी–व्यवसायी तथा सरोकारवाला निकायसँगको संवादलाई तीव्र बनाएका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.