बुधबार, श्रावण ६,२०८३ 12:02:17
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 12:02:17
Bizshala
Global IME Bank Limited

कोशी प्रदेशलाई अन्तर्राष्ट्रिय व्यापारको ट्रान्जिट हब बनाउन निजी क्षेत्रको जोड

कोशी प्रदेशलाई अन्तर्राष्ट्रिय व्यापारको ट्रान्जिट हब बनाउन निजी क्षेत्रको जोड
New Office

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले मंगलबार विराटनगरमा ूभारत र चीनसँगको अन्तर्राष्ट्रिय व्यापारमा कोशी प्रदेशको सम्भावना तथा एकीकृत जाँच चौकीको पूर्वाधार विकास र सुधारका क्षेत्रू विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले तेस्रो मुलुकबाट हुने आयात–निर्यातका लागि भारतीय रेल कार्गोलाई नेपालको भन्सार विन्दुसम्म ल्याउने निजी क्षेत्रको लामो समयदेखिको माग सम्बोधन भएको भन्दै उद्योगी–व्यवसायी उत्साहित रहेको बताए।

उनले रेल कार्गो सञ्चालनमा आएपछि ढुवानी लागत घट्ने, उद्योगीको उत्पादन लागत कम हुने, सामान सुरक्षित रूपमा भन्सार परिसरमै अनलोड गर्न सकिने तथा चोरीको जोखिम न्यून हुने अपेक्षा व्यक्त गरे। साथै, हाल आईसीपीमा पर्याप्त गोदाम, क्रेन तथा अनलोडिङ उपकरणको अभावका कारण सामान व्यवस्थापनमा ढिलाइ हुने र डेमरेज शुल्क तिर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै आवश्यक पूर्वाधार विस्तार गर्न सरकारसँग आग्रह गरे। ठूलो परिमाणमा सामान रेलमार्फत आउने भएकाले साना तथा मझौला व्यवसायी पनि यस सुविधाबाट लाभान्वित हुने व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए।

अध्यक्ष राउतले कोशी प्रदेश भारत, चीन, बंगलादेश र भुटानसँग जोडिएको रणनीतिक क्षेत्र भएकाले यसलाई अन्तर्राष्ट्रिय ट्रान्जिट हबका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए। प्रदेशमा उत्पादित चिया, अलैंची, अदुवा, बेसारलगायत कृषिजन्य वस्तुको निर्यात प्रवर्द्धनका लागि एक्सपोर्ट हाउस स्थापना आवश्यक रहेको उनको भनाइ थियो।

उनले व्यापार सहजीकरणका लागि सरकारी निकायबीच प्रभावकारी समन्वय, एकल विन्दु सेवा ९क्ष्लनभि ध्ष्लमयध क्थकतझ० को कार्यान्वयन, भन्सार नाकामा प्रयोगशाला तथा आधुनिक प्रविधिको विकास र आयात प्रतिस्थापनसँगै निर्यातमुखी उद्योग स्थापना गर्नुपर्नेमा पनि जोड दिए।

कार्यक्रमका प्रमुख वक्ता तथा भन्सार सुधार एवं व्यापार सहजीकरण विज्ञ श्याम दाहालले नेपाल–भारत, नेपाल–चीन र नेपाल–बंगलादेशबीच भएका पारवहन तथा व्यापार सम्झौताका प्रावधानबारे जानकारी गराउँदै व्यापार सहजीकरणका लागि भन्सार सुधार, गैरभन्सार अवरोध ९ल्यल(त्बचषा द्यबचचष्भचक० न्यूनीकरण, इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ प्रणालीको प्रभावकारी कार्यान्वयन तथा भन्सार पूर्वाधारको आधुनिकीकरण आवश्यक रहेको बताए।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्व सहसचिव रवि शंकर सैंजूले इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ प्रणालीबाट व्यवसायीले लिन सक्ने लाभबारे प्रकाश पार्दै नेपाल, भारत, बंगलादेश र चीनसँग भएका विभिन्न व्यापार तथा पारवहन सम्झौताका प्रावधानबारे विस्तृत जानकारी दिए। उनले व्यापारबाट अधिकतम लाभ लिन व्यवसायी स्वयं पनि कानुनी व्यवस्था र सम्झौताबारे जानकार तथा सचेत हुनुपर्ने बताए।

विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले व्यवसायीलाई सहज, पारदर्शी र समयमै सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै भन्सार प्रशासनलाई अझ प्रभावकारी बनाइने बताए।

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष पवनकुमार सारडा, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साह, नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष मुकेश उपाध्याय, विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकीनन्दन शर्मा तथा विराट व्यापार संघका उपाध्यक्ष भविष पौडेललगायतले आर्थिक गतिविधि विस्तार, व्यापार सहजीकरण, कार्गो रेल सञ्चालन, निर्यात प्रवर्द्धन तथा आवश्यक पूर्वाधार विकासका लागि सरकारले प्रभावकारी सुधारका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका उपाध्यक्ष रविन दाहालले सञ्चालन गरेको उक्त कार्यक्रममा उद्योगी, व्यवसायी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.