बिहीबार, श्रावण ७,२०८३ 02:34:07
Bizshala
  • बिहीबार, श्रावण ७,२०८३ 02:34:07
Bizshala
Global IME Bank Limited

एजुकेसन कन्सल्टेन्सी क्षेत्रका समस्या र नीतिगत सुधारबारे शिक्षामन्त्री छलफलमा

एजुकेसन कन्सल्टेन्सी क्षेत्रका समस्या र नीतिगत सुधारबारे शिक्षामन्त्री छलफलमा
New Office

 

काठमाण्डौ । शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श अर्थात् एजुकेसन कन्सल्टेन्सी क्षेत्रका समस्या, चुनौती र नीतिगत सुधारका विषयमा आज बिहीबार सरोकारवालासँग छलफल गर्ने भएको छ।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलको उपस्थितिमा मन्त्रालयमा हुने छलफलमा शैक्षिक परामर्श व्यवसायसँग सम्बन्धित विभिन्न संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधि सहभागी हुनेछन्।

मन्त्रालयका अनुसार शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले छलफल आयोजना गरिएको हो। छलफलमा कन्सल्टेन्सी व्यवसायको वर्तमान अवस्था, निजी क्षेत्रले सामना गरिरहेका समस्या तथा चुनौती, गुणस्तरीय शैक्षिक परामर्श सेवाको प्रवर्द्धन, नीतिगत सुधार र नियामकीय व्यवस्थाका विषयमा विचारविमर्श हुनेछ।

छलफलमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान), स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन), सक्रिय शैक्षिक परामर्श संघ (एइक्यान), शैक्षिक परामर्श व्यवसायी संस्था (एरी), जापानिज भाषा स्कुल संघ (जालसान), नेपलिज एसोसिएसन अफ अस्ट्रेलियन एजुकेसन रिप्रिजेन्टेटिभ (नायर), नेशनल एजुकेसन कन्सल्टेन्सी एसोसिएसन (नेका), एक्यान, नेवा र नेक्सालगायत संस्थाका प्रतिनिधि सहभागी हुने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार छलफलका क्रममा ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली, २०८३’ का प्रस्तावित व्यवस्थाबारे समेत सरोकारवालाको सुझाव संकलन गरिनेछ।

त्यसैगरी, शैक्षिक परामर्श क्षेत्रसँग सम्बन्धित समसामयिक समस्या, सेवा प्रवाहको गुणस्तर, व्यवसाय दर्ता तथा अनुगमन र नियमनलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल हुने बताइएको छ।

मन्त्रालयले शिक्षामन्त्री पोखरेलले पछिल्लो समय शिक्षा क्षेत्रसँग सम्बन्धित शैक्षिक संस्था, निजी क्षेत्र र सरोकारवालासँग निरन्तर संवाद गर्दै आएका र प्राप्त सुझावका आधारमा नीतिगत सुधार तथा आवश्यक समन्वयलाई प्राथमिकता दिइएको जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.