आईतवार, श्रावण १०,२०८३ 05:49:19
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 05:49:19
Bizshala
Global IME Bank Limited

गूगलले यी एन्ड्रोइड फोनमा एप र गेम डाउनलोड गर्न रोक लगाउँदै

गूगलले यी एन्ड्रोइड फोनमा एप र गेम डाउनलोड गर्न रोक लगाउँदै
New Office

काठमाण्डौ । गुगलले एन्ड्रोइड ६.० मार्समेलो सञ्चालन प्रणाली भएका डिभाइसका लागि गूगल प्ले सर्भिसेसको समर्थन अन्त्य गरेको छ। अब गुगल प्ले सर्भिस प्रयोग गर्न न्यूनतम एन्ड्रोइड ७.० नोगट वा सोभन्दा नयाँ संस्करण आवश्यक पर्नेछ।

सन् २०१५ मा सार्वजनिक भएको एन्ड्रोइड ६.० मार्समेलोमा अड्किएका स्मार्टफोनहरू तत्कालै बन्द हुने छैनन्। तर समयसँगै ती डिभाइसहरूले नयाँ एप डाउनलोड गर्न, एप अपडेट प्राप्त गर्न तथा केही गुगल–आधारित सेवाहरू प्रयोग गर्न समस्या भोग्न सक्नेछन्।

गूगल प्ले सर्भिसेस एन्ड्रोइडको महत्वपूर्ण पृष्ठभूमि सेवा हो, जसले गुगल अकाउन्ट साइन–इन, पुश नोटिफिकेसन, लोकेसन सेवा, गुगल म्याप्स सुविधा, सुरक्षा प्रमाणीकरण र डेटा सिंकजस्ता विभिन्न कार्य सञ्चालन गर्न सहयोग गर्छ। साथै, यसले एप विकासकर्तालाई गुगलका सेवा र सुविधा आफ्नो एपमा समावेश गर्न आवश्यक एपीआई उपलब्ध गराउँछ।

गूगल प्ले सर्भिसेस र गूगल प्ले स्टोर फरक सेवा हुन्। तर धेरै एन्ड्रोइड एपहरू सही रूपमा सञ्चालन हुन गूगल प्ले सर्भिसेसमा निर्भर हुन्छन्। त्यसैले मार्समेलो समर्थन समाप्त भएपछि एप विकासकर्ताहरूले विस्तारै एन्ड्रोइड ६.० का लागि समर्थन हटाउन सक्ने सम्भावना छ।

यसको असरस्वरूप केही प्रयोगकर्ताले नयाँ एप डाउनलोड गर्न नसक्ने, पुराना एपहरूले अपडेट नपाउने वा केही एपहरू सही रूपमा काम नगर्ने समस्या सामना गर्न सक्छन्।

यद्यपि, एन्ड्रोइड ६.० भएका फोनहरू तत्काल निष्क्रिय हुने छैनन्। कल गर्न, एसएमएस पठाउन, फोटो हेर्न र पहिले नै स्थापना भएका धेरै एप प्रयोग गर्न सकिनेछ। तर नयाँ प्रविधि र सुरक्षा आवश्यकताका कारण समयसँगै यस्ता डिभाइसको प्रयोग अनुभव कमजोर हुँदै जाने अपेक्षा गरिएको छ।

गूगल प्ल्े सर्भिसेसका नयाँ अपडेट र सुरक्षा सुधारहरू उपलब्ध नहुने भएकाले यी डिभाइसहरू भविष्यमा देखिने नयाँ सुरक्षा जोखिमप्रति बढी संवेदनशील हुन सक्छन्। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.