गूगलको आम्दानी पहिलोपटक १०० बिलियन डलर पार, एआईको व्यापारमा उछाल
काठमाण्डौ । गूगल र यसको मूल कम्पनी अल्फाबेटले सन् २०२५ को सेप्टेम्बर त्रैमासमा १०२.३५ बिलियन डलरबराबरको राजश्व कमाएको छ। कम्पनीले कुनै पनि त्रैमासमा १०० बिलियनको आँकडा पार गरेको यो पहिलोपटक हो। सीईओ सुन्दर पिचाईले आफ्नो एक्स ह्यान्डलमा यसलाई ‘माइलस्टोन क्वार्टर’ को रूपमा वर्णन गरे। पिचाईले लेखेका छन्, ‘हामीले पहिलोपटक १०० बिलियन डलरको क्वार्टर डेलिभर गर्यौं, हाम्रा...

                
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        