काठमाण्डौ । गुगलले प्राप्ति गर्ने भनिएको साइबर सुरक्षा स्टार्टअप कम्पनी‘ ‘विज’ ले प्राप्ति सम्झौताबाट हात झिकेको छ । यसअघि गुगलले विजलाई करिब २३ बिलियन डलरमा खरिद गर्ने विषयमा छलफल भईरहेको थियो ।
क्याउड कम्प्युटिङका लागि साइबर सेक्युिरिटी सफ्टवेयर बनाउने कम्पनी विजको प्राप्ति गुगलले अहिलेसम्म खरिद गरेको सबैभन्दा उच्च मूल्यको कम्पनी हुने जनाइएको थियो । तर विजले अचानक सम्झौतालाई बिचमै भंग गरेर आफ्नै आईपीओ ल्याउने जनाएको छ । सम्झौताका विषयमा अविश्वास पैदा नहुँदा र लगानीकर्ताको चाँसोका कारण प्राप्तिको सम्झौताले पूर्णता पाउन नसकेको विजका सह–संस्थापक असाफ रापापोर्टले बताए ।
रापापोर्टले अब कम्पनी आईपीओ निष्कासन गर्न र वार्षिक १ बिलियन डलरबराबरको आम्दानी सिर्जना गर्न कन्द्रीत हुने बताए । विज सन् २०२० मा स्थापना भएको कम्पनी हो र यो कम्पनी रापापोटको नेतृत्वमा तीव्र रुपमा वृद्धि भईरहेको छ । रापापोटले आगामी वर्षको मे महिनाभित्र आईपीओ जारी गर्ने लक्ष्य लिएका छन् ।