बिहीबार, माघ १०,२०८१ 12:52:41
IME remit
  • बिहीबार, माघ १०,२०८१ 12:52:41
IME remit
Global IME Bank Limited

डिजिटल विज्ञापनका कारण घाटा व्यहोरेको आरोपमा गुगलविरुद्ध मिडिया समूहको मुद्दा, २.१ अर्ब डलर क्षतिपूर्ति माग

Hyundai Nepal
डिजिटल विज्ञापनका कारण घाटा व्यहोरेको आरोपमा गुगलविरुद्ध मिडिया समूहको मुद्दा, २.१ अर्ब डलर क्षतिपूर्ति माग
Nabil Bank Limited

काठमाण्डौ । अल्फाबेटको गुगलविरुद्ध २.३ अर्ब डलरबराबरको क्षतिपूर्ती माग गर्दै मुद्दा परेको छ । एक्सेल स्प्रिन्जर र शिब्स्टेडलगायत ३२ युरोपेली मिडिया समूहहरूले कम्पनीको डिजिटल विज्ञापनको अभ्यासका कारण घाटा बेहोरेको आरोप लगाउदै गुगलविरुद्ध मुद्दा दायर गरेका हुन् ।  

अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, चेक गणतन्त्र, डेनमार्क, फिनल्याण्ड, हंगेरी, लक्जमबर्ग, नेदरल्यान्ड्स, नर्वे, पोल्याण्ड, स्पेन र स्वीडेनका प्रकाशकहरुको समूहले गुगलको विज्ञापनले घाटा व्यहोरेको आरोप लगाएका छन् ।  

‘समावेश मिडिया कम्पनीहरूले कम प्रतिस्पर्धी बजारका कारण घाटा व्यहोर्नु परेको छ, जुन गुगलको दुराचारको प्रत्यक्ष परिणाम हो’ कम्पनीहरुद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

कम्पनीका वकिलहरु भन्छन्,‘गुगलले आफ्नो प्रभावशाली स्थितिको दुरुपयोग नगरेको भए मिडिया कम्पनीहरूले विज्ञापनबाट उल्लेखनीय रूपमा उच्च राजस्व प्राप्त गर्ने थिए र विज्ञापन प्रविधि सेवाहरूको लागि कम शुल्क तिनु्पर्ने हुन्थ्यो । यी कोषहरू युरोपेली मिडिया परिदृश्यलाई बलियो बनाउन पुनः लगानी गर्न सकिन्थ्यो’ ।  

गुगल एड टेक विजनेशविरुद्ध गत वर्ष फ्रान्सले लगाएको २२० करोड युरोबराबरको जरीवाना र युरोपेलि कमसिनले लगाएको जरीवानाले आफुहरुको दाबीलाई बल पुग्ने उनीहरुले बताएका छन् ।  

गुगलले भने आपूर्ती श्रृंखलाको बिक्री पक्ष र खरिद पक्षबीच संलग्न मात्रै रहेको भन्दै युरोपेलि युनियको जरीवानाप्रति असमति जनाएको थियो ।  

विश्वभरका प्रकाशकहरूले हालैका वर्षहरूमा विज्ञापनमा ठूला टेक कम्पनीहरुको बढ्दो प्रभुत्वको कारण राजस्वको घटेकोमा चिन्ता व्यक्त गरेका छन्।  

विश्लेषकहरूका अनुसार गुगल विश्वको सबैभन्दा प्रभावशाली डिजिटल विज्ञापन प्लेटफर्म हो। -एजेन्सी

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.