सोमबार, असार २,२०८२ 12:43:45
  • सोमबार, असार २,२०८२ 12:43:45
Global IME Bank Limited

गुगलले साइबर सुरक्षा स्टार्टअप कम्पनीलाई अहिलेसम्मकै महङ्गो मूल्यमा खरिद गर्ने

Hyundai Nepal
गुगलले साइबर सुरक्षा स्टार्टअप कम्पनीलाई अहिलेसम्मकै महङ्गो मूल्यमा खरिद गर्ने
Nabil Bank Limited

काठमाण्डौ । गुगलले आफ्नो अहिलेसम्मकै ठूलो प्राप्ति गर्ने भएको छ । गुगलको माउ कम्पनी अल्फाबेटले साइबर सुरक्षा स्टार्टअप कम्पनी‘विज’ लाई करिब २३ बिलियन डलरमा खरिद गर्न छलफल गरिरहेको छ ।  

क्याउड कम्प्युटिङका लागि साइबर सेक्युिरिटी सफ्टवेयर बनाउने कम्पनी विजलाई प्राप्ति गर्यो भने यो कम्पनीले अहिलेसम्म खरिद गरेको सबैभन्दा उच्च मूल्यको कम्पनी हुनेछ । यो सम्झौताको शर्तहरु अझै अन्तिम चरणमा भने पुगिसकेको छैन । यसैबीच यो सम्झौता रद्द समेत हुन सक्ने सम्भावना रहेको जनाइएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो प्राप्तिसम्बन्धी खबर सबैभन्दा पहिले वालस्ट्रिट जर्नलमा प्रकाशित भएको थियो । यस बारेमा न गुगलले न विजले कुनै आधिकारीक धारणा सार्वजनिक गरेका छन् ।  

यदि यो सम्झौताले पूर्णता पायो भने यो यसअघि गुगलले मोटरोलालाई १२.५ बिलियन डलरमा खरिद गरेको भन्दा झण्डै दोब्बरले बढी हुनेछ । गुगलले मोटरोलालाई करिब १ दशकअघि खरिद गरेको थियो । जुन कम्पनीको इतिहासको अहिलेसम्मकै ठूलो खरिद हो ।  यद्यपी गुगलले अत्यधिक घाटा भएपछि मोटरोलासँगको सम्झौता भंग गरेको थियो ।  

यसअघि गुगलले कम्पनीहरुलाई साइबर सुरक्षाको जोखिमबाट बचाउनका लागि सन् २०२२ मा साइबर सुरक्षा कम्पनी मान्डीयन्टलाई ५.४ बिलियन डलरमा खरिद गरेको थियो ।

गुगल क्लायउमार्फत कम्पनीले आफ्नो आम्दानीलाई विविधिकरण गर्न खोजिरहेको छ । कम्पनीको क्लाउड व्यवसाय वृद्धि भएतापनि अझैपनि प्रतिस्पर्धि कम्पनी माइक्रोसफ्ट र अमेजनको तुलनामा पछि नै परिरहेको छ ।    -एजेन्सी

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.