आईतवार, श्रावण १०,२०८३ 06:56:32
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 06:56:32
Bizshala
Global IME Bank Limited

ब्राजिलको राष्ट्रिय फुटबल टोलीले भारतमा मैत्रीपूर्ण खेल खेल्ने !

ब्राजिलको राष्ट्रिय फुटबल टोलीले भारतमा मैत्रीपूर्ण खेल खेल्ने !
New Office

काठमाण्डौ । पाँच पटकको विश्वकप विजेता ब्राजिल राष्ट्रिय फुटबल टोलीले छिट्टै भारत भ्रमण गर्ने सम्भावना बढेको छ। इएसपीएन ब्राजिलको रिपोर्टअनुसार, ब्राजिल फुटबल महासंघ र भारतीय आयोजकहरूबीच कोलकातामा मैत्रीपूर्ण खेल आयोजना गर्ने विषयमा उन्नत चरणमा छलफल भइरहेको छ।

रिपोर्टका अनुसार, यी वार्ताहरू हालै सम्पन्न फिफा विश्वकपको अवधिदेखि नै चलिरहेका थिए। प्रस्तावित भ्रमण ब्राजिल टोलीको ठूलो अन्तर्राष्ट्रिय टुरको हिस्सा हुने बताइएको छ।

यस टुरअन्तर्गत ब्राजिलले अस्ट्रेलियासँग पनि दुई मैत्रीपूर्ण खेल खेल्ने योजना रहेको छ। टोलीले सेप्टेम्बर २५ मा टाउन्सभिल र सेप्टेम्बर २९ मा ब्रिस्बेनमा खेल खेल्ने सम्भावना रहेको छ। त्यसपछि तेस्रो मैत्रीपूर्ण खेलका रूपमा ब्राजिलको टोली भारत आउन सक्ने बताइएको छ।

इएसपीएन ब्राजिलका अनुसार, ब्राजिल फुटबल महासंघले आफ्नै देशभित्र पनि थप मैत्रीपूर्ण खेल आयोजना गर्ने योजना बनाइरहेको छ, जसमा सामान्यतया राष्ट्रिय टोलीका खेल कम हुने सहरहरूलाई पनि समेट्ने प्रयास गरिनेछ।

यसअघि कोलकाताले अर्जेन्टिनाका स्टार खेलाडीहरू लियोनल मेस्सी र रोर्डिगो डि पाउल तथा उरुग्वेका स्टार लुईस स्वारेज को उपस्थितिमा अन्तर्राष्ट्रिय फुटबल कार्यक्रम आयोजना गरिसकेको छ। तर उक्त भ्रमण व्यवस्थापन कमजोरी र दर्शक हिंसाका कारण विवादित बनेको थियो।

भारतमा ब्राजिल टोलीको ठूलो समर्थक आधार रहेको छ। विशेषगरी नेयमार जस्ता खेलाडीहरूको भारतमा ठूलो लोकप्रियता छ। यद्यपि, ब्राजिल विश्वकपबाट चाँडै बाहिरिएपछि राष्ट्रिय टोलीबाट सन्यास लिएका कारण नेयमार आगामी अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरूमा सहभागी हुने सम्भावना कम रहेको जनाइएको छ ।

यदि ब्राजिल टोलीको भारत भ्रमण निश्चित भएमा, यो भारतीय फुटबल समर्थकका लागि निकै ठूलो अवसर हुने अपेक्षा गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.