बुधबार, भाद्र ३,२०८३ 12:01:35
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 12:01:35
Bizshala
Global IME Bank Limited

नेपाल–जापान सम्बन्धको ७०औँ वर्षगाँठको अवसरमा चेम्बर र एओटिएसले संयुक्त कार्यक्रम गर्ने

नेपाल–जापान सम्बन्धको ७०औँ वर्षगाँठको अवसरमा चेम्बर र एओटिएसले संयुक्त कार्यक्रम गर्ने
New Office

काठमाण्डौ । नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपाल एओटिएस एलुम्नाइ सोसाइटीले संयुक्त रूपमा आगामी श्रावण १४ र १५ गते ललितपुरस्थित होटल हिमालयमा दुईदिनसम्म संयुक्त रुपमा विशेष कार्यक्रम आयोजना गर्ने भएका छन् ।

नेपालस्थित जापानी राजदूतावास, एओटीएस जापान र जापानिज चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री इन नेपालको सहयोगमा हुने कार्यक्रममा नेपाल–जापान समानता प्रदर्शनी, जापानी चिया संस्कार प्रदर्शन, व्यापार तथा लगानी मेला, सेमिनार र प्यानल छलफल आयोजना गरिनेछ ।

Bizshala
CG Motors

प्रदर्शनीमा नेपाल र जापानबीचका संस्कृति, परम्परा, वास्तुकला, खानपान र सामाजिक मूल्यका समानता झल्काउने ७० वटा प्रदर्शनी सामग्री समावेश गरिनेछ । आगन्तुकले जापानको परम्परागत माचा चियासहित जापानी चिया संस्कार प्रत्यक्ष अनुभव गर्ने अवसर पनि पाउनेछन् ।

समारोहअन्तर्गत आयोजना हुने नेपाल–जापान व्यापार, लगानी तथा व्यापार मेलामा २० भन्दा बढी नेपाली तथा जापानी कम्पनी र संस्थाका करिब दुई दर्जन स्टल रहनेछन् । ती स्टलमा उत्पादन, सेवा, प्रविधि, नवप्रवर्तन तथा लगानीका अवसरहरू प्रदर्शन गरिनेछन् ।

यस अवसरमा २० सदस्यीय जापानी व्यवसायिक प्रतिनिधिमण्डल नेपाल आउनेछ। उनीहरूले नेपाली व्यवसायीसँग व्यापार, लगानी, प्रविधि हस्तान्तरण र साझेदारी विस्तारबारे छलफल गर्नेछन् । 

साथै, उच्चस्तरीय सेमिनार तथा प्यानल छलफलमा नेपाल र जापानका विज्ञ तथा उद्यमीहरूले द्विपक्षीय आर्थिक सहकार्यका सम्भावनाबारे विचार आदान–प्रदान हुनेछ ।

दुई दिने कार्यक्रममा ३ हजारभन्दा बढी आगन्तुक सहभागी हुने अपेक्षा गरिएको छ । आयोजकका अनुसार समारोहले नेपाल–जापानबीचको ७० वर्षे मित्रता, सांस्कृतिक सम्बन्ध, व्यापार र लगानी सहकार्यलाई थप मजबुत बनाउने विश्वास गरिएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.