मंगलवार, कार्तिक ३,२०८३ 02:06:51
  • मंगलवार, कार्तिक ३,२०८३ 02:06:51
Global IME Bank Limited

ईपीएस आवेदनकर्ताको चाप बढेपछि ई–पासपोर्ट सेवा दुई सिफ्टमा सञ्चालन गरिँदै

Bizshala
ईपीएस आवेदनकर्ताको चाप बढेपछि ई–पासपोर्ट सेवा दुई सिफ्टमा सञ्चालन गरिँदै
New Office

काठमाण्डौ । दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत आवेदन दिने नेपाली सेवाग्राहीको चाप बढेपछि राहदानी विभागले विद्युतीय राहदानी सेवा दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ।

राहदानी विभागले बुधबार सूचना जारी गर्दै साउन १४ गतेदेखि २२ गतेसम्म सेवा अवधि विस्तार गरी दुई सिफ्टमा राहदानी सेवा उपलब्ध गराउने जनाएको हो।

विभागका अनुसार साउन १४ गतेदेखि १८ गतेसम्म पहिलो सिफ्ट बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म र दोस्रो सिफ्ट दिउँसो २ बजेदेखि बेलुकी ९ बजेसम्म सञ्चालन हुनेछ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

त्यसैगरी, सार्वजनिक बिदाका दिन शनिबार र आइतबारसमेत बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म राहदानी सेवा प्रदान गरिने विभागले जनाएको छ।

गत सातादेखि विशेषगरी दक्षिण कोरियाको ईपीएस कार्यक्रमका लागि आवेदन दिने सेवाग्राहीको संख्या उल्लेख्य रूपमा बढेपछि सेवाग्राहीलाई सहज र समयमै राहदानी उपलब्ध गराउने उद्देश्यले सेवा अवधि विस्तार गरिएको विभागको भनाइ छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.