बिहीबार, श्रावण १४,२०८३ 04:56:43
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 04:56:43
Bizshala
Global IME Bank Limited

सुनसरीको तनाव मधेशमा फैलिँदा गृहमन्त्री मौन, रास्वपाकै सांसदले रविसँग पोखे आक्रोश

सुनसरीको तनाव मधेशमा फैलिँदा गृहमन्त्री मौन, रास्वपाकै सांसदले रविसँग पोखे आक्रोश
New Office

 

काठमाण्डौ । सुनसरीबाट सुरु भएको तनाव मधेशका विभिन्न जिल्लामा फैलिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्रै गृहमन्त्री सुधन गुरुङको भूमिका र कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको छ।

रास्वपाका मधेश प्रदेशका सांसदहरूले पार्टी सभापति रवि लामिछानेलाई भेटेर गृहमन्त्री गुरुङले परिस्थितिको गम्भीरताअनुसार सक्रियता नदेखाएको भन्दै असन्तुष्टि जनाएका हुन्।

सांसदहरूले सुनसरीको कप्तानगञ्ज घटनापछि जनकपुर, सिरहा तथा मधेशका अन्य क्षेत्रमा तनाव फैलिँदासमेत गृहमन्त्रीले सम्बन्धित जिल्लाका जनप्रतिनिधि र सांसदहरूसँग समन्वय नगरेको गुनासो गरेका छन्।

भेटमा सहभागी एक सांसदका अनुसार सुरक्षा अवस्था जटिल बन्दै जाँदा पनि गृहमन्त्रीले प्रभावित क्षेत्रका सांसदसँग सामान्य संवादसमेत नगरेको विषय प्रमुख रूपमा उठाइएको थियो।

‘सुनसरीबाट सुरु भएको घटना अहिले मधेशमा फैलिएको छ,’ ती सांसदले भने, ‘तर त्यहाँका जिल्लाका सांसदहरूसँग गृहमन्त्रीले कुराकानीसमेत गर्नुभएको छैन। हामीले सभापतिसमक्ष गृहमन्त्रीप्रतिको आक्रोश राख्यौँ।’

सांसदहरूले संवेदनशील परिस्थितिमा गृह प्रशासनको नेतृत्वले राजनीतिक दल, स्थानीय जनप्रतिनिधि, प्रशासन र सुरक्षा निकायबीच तत्काल समन्वय गर्नुपर्नेमा गृहमन्त्री अलग्गै बसेको आरोप लगाएका छन्।

आफ्नै पार्टीका सांसदहरूले गृहमन्त्रीको कार्यशैलीमाथि खुलेर असन्तुष्टि जनाएपछि रास्वपाभित्र गृह मन्त्रालयको नेतृत्वलाई लिएर आन्तरिक दबाब बढेको संकेत देखिएको छ।

सभापति लामिछानेले भने सुनसरीबाट सुरु भएको पछिल्लो घटनाक्रमप्रति आफू गम्भीर र संवेदनशील रहेको बताएका थिए। उनले आपसी सद्भाव कायम गर्न तथा प्रभावित समुदायसँग प्रत्यक्ष संवाद गर्न आफैँ मधेश जानेबारे सोचिरहेको जानकारी सांसदहरूलाई गराएका छन्।

मधेशका सांसदहरूले सभापतिसमक्ष राखेको असन्तुष्टिले सरकारमाथि विपक्षी दलले उठाउँदै आएको प्रश्न अब सत्तारुढ दलभित्रै प्रवेश गरेको देखाएको छ।

सुनसरी घटनापछि विभिन्न जिल्लामा कर्फ्यू, प्रदर्शन, झडप र आगजनीका घटना भइरहेका बेला गृह प्रशासनको समन्वय र राजनीतिक नेतृत्वको उपस्थितिमाथि लगातार प्रश्न उठिरहेका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.