शुक्रबार, श्रावण १५,२०८३ 06:07:06
Bizshala
  • शुक्रबार, श्रावण १५,२०८३ 06:07:06
Bizshala
Global IME Bank Limited

सद्भाव र नागरिक सुरक्षाका लागि सरकार योजनाबद्ध रूपमा सक्रिय छ : प्रधानमन्त्री शाह

सद्भाव र नागरिक सुरक्षाका लागि सरकार योजनाबद्ध रूपमा सक्रिय छ : प्रधानमन्त्री शाह
New Office

 

काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित विभिन्न जिल्लामा देखिएको संवेदनशील अवस्था नियन्त्रण, नागरिकको जिउधनको सुरक्षा र सामाजिक सद्भाव सुदृढ गर्न सरकार योजनाबद्ध रूपमा सक्रिय रहेको बताएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले राज्यका सबै संयन्त्र उच्च सतर्कताका साथ परिचालन गरिएको जानकारी दिए।

उनले नागरिकलाई भ्रम र अफवाहबाट प्रभावित नभई संयमित रहन आग्रह गरे। प्रभावित क्षेत्रका नागरिकसम्म पुग्ने, उनीहरूलाई सुरक्षाको प्रत्याभूति गराउने र घटनाको निष्पक्ष छानबिन गर्ने विषय सरकारको प्रमुख प्राथमिकतामा रहेको प्रधानमन्त्रीको भनाइ थियो।

परिस्थिति थप बिग्रन नदिन तथा शान्ति–सुरक्षालाई प्रभावकारी बनाउन सरकारले बहुपक्षीय रणनीतिअनुसार काम गरिरहेको उनले बताए।

प्रधानमन्त्री शाहले सांसदहरूलाई आ–आफ्ना निर्वाचन क्षेत्रमा पुगेर नागरिक र राज्यबीच विश्वास तथा सद्भावको पुल बन्न आग्रह गरे। संकट र आपत्कालीन अवस्थामा जनताको घरदैलोमा पुगेर उनीहरूको दुःखमा साथ दिनु जनप्रतिनिधिको वास्तविक दायित्व भएको उनले स्मरण गराए।

प्रधानमन्त्रीको आग्रहलाई सकारात्मक रूपमा लिँदै सांसदहरूले तत्काल आफ्ना निर्वाचन क्षेत्रमा पुगेर धार्मिक तथा सामाजिक सौहार्द कायम गर्न सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

सांसदहरूले प्रधानमन्त्री शाहले बिहीबार राष्ट्रका नाममा गरेको सम्बोधनले देशभर, विशेषगरी प्रभावित क्षेत्रका नागरिकमा विश्वास र सकारात्मक सन्देश प्रवाह गरेको बताएका थिए।

छलफलमा स्थानीय तहमा दीर्घकालीन शान्ति र भ्रातृत्व कायम गर्न दुवै समुदायका धार्मिक गुरु, नागरिक समाज, बुद्धिजीवी तथा राजनीतिक दलका प्रतिनिधिसँग निरन्तर संवाद गर्नुपर्ने सुझावसमेत दिइएको थियो।

त्यसैगरी, तनावग्रस्त तथा आसपासका क्षेत्रमा सकारात्मक र ऐक्यबद्धताको सन्देश प्रवाह गर्नुपर्ने, सामाजिक सञ्जालमा फैलिने भ्रम र अफवाहबाट युवालाई जोगाउन स्थानीयस्तरमा जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.