काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको लाभांश क्षमता उल्लेख्य बढेको छ । बैंकले आज सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक प्रतिवेदनअनुसार बैंकको लाभांश क्षमता २६.१५ प्रतिशत पुगेको हो । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकको लाभांश क्षमता १३.०४ प्रतिशत रहेको थियो ।
यस्तै बैंकको वितरणयोग्य मुुनाफा समेत ११०.४७ प्रतिशतले बढ्दै ३ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने यस्तो रकम १ अर्ब ८३ करोड रुपैयाँ रहेको थियो ।
बैंकको खुद नाफा समेत ४.५४ प्रतिशतले वृद्धि भएको छ । बैंकले समीक्षा अवधिमा ३ अर्ब ५१ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकले ३ अर्ब ३६ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी पनि ७.२४ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ८ अर्ब ४३ करोड रुपैयाँ रहको बैंकको खुद ब्याज आम्दानी ९ अर्ब ५ करोड रुपैयाँ पुगेको छ ।
बैंकको खराब कर्जा अनुपात भने केही बढेको देखिएको छ । अघिल्लो आवमा २.६२ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात बढेर ३.५३ प्रतिशत पुगेको छ । कस्ट अफ फण्ड भने ४.३९ प्रतिशतबाट घटेर ३.४२ प्रतिशतमा सीमित बनेको छ ।
अघिल्लो आवमा ११.४१ प्रतिशत रहेको रिर्टन अन इक्विटी घटेर १०.६२ प्रतिशत कायम भएको छ । यस्तै बैंकले ३ खर्ब २७ अर्ब निक्षेप संकलन र २ खर्ब ३३ अर्ब कर्जा प्रवाह गरेको छ ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी २३.०६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २२५.१७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ६०९.९३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १७.१३ गुणा र तरलता अनुपात ३४.७१ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।