काठमाण्डौ । नेपाल राष्ट्र बैंकको सञ्चालक समिति सात सदस्यीय बनाउने विषयमा संसदीय समितिमा सहमति जुटेको छ। समितिमा कम्तीमा एक जना महिला सदस्य रहने व्यवस्था गरिने भएको छ।
प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा मंगलबार नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि भएको दफावार छलफलका क्रममा उक्त सहमति जुटेको हो।
विधेयकमा राष्ट्र बैंकको सञ्चालक समिति नौ सदस्यीय बनाउने प्रस्ताव गरिएको थियो। तर छलफलपछि हाल कायम रहेको व्यवस्थाअनुसार नै सात सदस्यीय सञ्चालक समिति राख्ने सहमति भएको हो।
सहमतिअनुसार सात सदस्यीय समितिमा कम्तीमा एक जना महिलाको प्रतिनिधित्व अनिवार्य हुनेछ।
अर्थ समितिबाट विधेयक पारित भएपछि प्रतिनिधिसभामा पेस गरिनेछ। संसदबाट पारित भई प्रमाणीकरण भएपछि मात्रै नयाँ व्यवस्था कानुनी रूपमा कार्यान्वयनमा आउनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।