बुधबार, श्रावण २०,२०८३ 03:30:40
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 03:30:40
Bizshala
Global IME Bank Limited

युरोपमा टेक रोडशो गर्दै नास आईटी, नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने

युरोपमा टेक रोडशो गर्दै नास आईटी, नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने
New Office

काठमाण्डौ । नेपाल एसोसिएसन फर सफ्टवेयरएन्ड आईटी सर्भिसेस कम्पनीज् (NAS-IT) ले भदौ २१ गतेदेखि असोज ५ गतेसम्म (सेप्टेम्बर६ देखि २१) संयुक्त अधिराज्य (यूके) र स्विट्जरल्यान्डमा ‘नेपाल टेक रोडशो युरोप  (यूके रस्विट्जरल्यान्ड) २०२६’ आयोजना गर्ने भएको छ।

रोडशोमार्फत नेपाली सूचनाप्रविधि (आईटी) कम्पनीहरूलाई युरोपका व्यवसाय, स्टार्टअप, लगानीकर्ता, इनोभेसन हब तथा गैर आवासीय नेपाली प्रविधि समुदायसँग जोड्दै नयाँ व्यावसायिक साझेदारी, प्रविधि निर्यात रलगानीका अवसर विस्तार गर्ने लक्ष्य राखिएको नास आईटीले जनाएको छ।

यो कार्यक्रम स्विस सरकार विकास सहयोग (SDC) र नेपाल इन बिजनेस–ग्रोथ एडभाइजर्स’ कार्यक्रम (यूके इन्टरनेसनल डेभलपमेन्टको सहयोग तथा DAI Global UK को कार्यान्वयनमा आयोजना हुन लागेको हो। यसअघि सन्२०२५ मा अष्ट्रेलियार सन् २०२६ मा अमेरिकामा सफलतापूर्वक सम्पन्न भएका रोडशोको निरन्तरताको रूपमा युरोप संस्करण आयोजना गर्न लागिएको हो।

यस रोडशोले नेपाली आईटी उद्योगलाई युरोपसँग प्रत्यक्ष जोड्ने महत्वपूर्णभूमिका खेल्ने नासआईटीका अध्यक्ष गौरव पाण्डेले बताए ।

 

 

‘नेपाली आईटी कम्पनीहरूले आफ्नो क्षमता अन्तर्राष्ट्रिय बजारमा प्रमाणित गरिसकेका छन्। अब हामी युरोपका व्यवसाय, लगानीकर्ता रप्रविधि समुदायसँग प्रत्यक्ष सहकार्य विस्तार गर्न चाहन्छौं। यो रोडशोले नेपाली कम्पनीहरूलाई नयाँ बजार, नयाँ साझेदार र दीर्घकालीन व्यावसायिक सम्बन्ध निर्माण गर्ने अवसर प्रदान गर्नेछ। साथै, नेपाललाई विश्वसनीय प्रविधि साझेदारका रूपमा थप स्थापित गर्नपनि यसले महत्त्वपूर्ण भूमिका खेल्नेछ,’ उनले भने।

काठमाडौंमा आयोजित मिडिया ब्रिफिङमार्फत नेपाल एसोसिएसन फर सफ्टवेयर एन्डआईटी सर्भिसेस कम्पनीज् (NAS-IT) ले ‘नेपाल टेकरोडशो यूके एन्ड युरोप २०२६’ कोऔपचारिक घोषणा गरेको थियो। कार्यक्रमको सुरुवात नारायण कोइरालाको स्वागत मन्तव्यबाट भएको थियो भने त्यसपछि बृजेश गुप्ता र बिमल देवकोटाद्वारा रोडशोसम्बन्धी प्रस्तुति गरिएको थियो।

रोडशोको पहिलो चरण सेप्टेम्बर६ देखि १२ सम्म यूकेमा सञ्चालन हुनेछ। यसको मुख्य कार्यक्रमसेप्टेम्बर ९ मा लन्डनस्थित रेडिसन ब्लु होटल लण्डन हिथ्रो मा हुनेछ। कार्यक्रममा नेपालको आईटी उद्योगको विकास, सम्भावना, नेपाली कम्पनीहरूको क्षमता, अन्तर्राष्ट्रिय अनुभव तथा व्यावसायिक सहकार्यका अवसरबारे प्रस्तुति र छलफल हुनेछ। नास आईटीका१७ भन्दा बढीसदस्य कम्पनीहरूले आफ्नासेवा, उत्पादन तथानवीन प्रविधिमा आधारितसमाधान अन्तर्राष्ट्रिय समुदायसमक्षप्रस्तुत गर्नेछन्।

रोडशोको दोस्रो चरण सेप्टेम्बर १३देखि २१, सम्म स्विट्जरल्याण्डमा आयोजना हुनेछ।

 यसअन्तर्गत मुख्य कार्यक्रम सेप्टेम्बर१६ मा ज्युरिखस्थित होटलसेन्ट गोठार्ड मा आयोजना गरिनेछ। यस क्रममासहभागी कम्पनीहरूले युरोपकाव्यवसाय, सम्भावित साझेदार, स्टार्टअप, इनोभेसन हब तथाअन्य सरोकारवालासँग व्यावसायिक भेटघाट, छलफल र नेटवर्किङ गर्नेछन्। यसबाट नयाँ साझेदारी, सेवा विस्तार, वैदेशिक लगानी आकर्षण तथा दीर्घकालीन सहकार्यका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ। 

नेपाल टेकरोडशो यूके एन्डयुरोप २०२६ मा१७ अग्रणी नेपालीप्रविधि कम्पनीहरूको सहभागिता रहने जानकारी गराइएको थियो। सहभागी कम्पनीहरूमा Jasper IT Pvt. Ltd., Tekkon Technologies, Aakash Tech Pvt. Ltd., Web Experts Nepal Pvt. Ltd., Mantra Ideas Pvt. Ltd., Rara Digital Lab Pvt. Ltd., Young Innovations Pvt. Ltd., Dots and Dashes Technology Services Pvt. Ltd., Focus Data Analysis Pvt. Ltd., E.K. Solutions Pvt. Ltd., Eminence Ways Pvt. Ltd., inGrails Pvt. Ltd., Alaya Co., Proshore Nepal Pvt. Ltd., Genese Solution Pvt. Ltd., AITC International Pvt. Ltd. तथा Coding Mountain Pvt. Ltd. रहेका छन्।

यी कम्पनीहरूले सफ्टवेयर विकास, डिजिटल समाधान, सूचना प्रविधि सेवातथा नवीन प्रविधिका क्षेत्रमा नेपालको बढ्दो क्षमतार दक्षता अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने जानकारी गराइएको थियो। साथै, रोडशोमार्फत युरोपका व्यवसाय, लगानीकर्तातथा नवप्रवर्तनसँग सम्बन्धितसंस्थाहरूसँग सहकार्य विस्तार गर्दै नयाँ बजारका अवसर खोज्ने, प्रविधि निर्यात प्रवर्द्धन गर्ने तथा दीर्घकालीन व्यावसायिक साझेदारी विकास गर्ने उद्देश्य रहेको जानकारी पनि गराइएको थियो। 

कार्यक्रम सञ्चारकर्मीहरूसँगको अन्तरक्रियात्मक प्रश्नोत्तर सत्रसँगै सम्पन्न भएको थियो।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.