काठमाण्डौ । उपचारका लागि हङकङमा रहेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २९ गतेअघि नै नेपाल फर्किने भएका छन्। देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार उनको स्वदेश फर्किने तयारी भए पनि आगमनको यकिन मिति भने अझै तय भएको छैन।
यसैबीच, देउवानिकट नेताहरूले साउन २९ गतेका लागि राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेका छन्। उक्त भेलामा सहभागी हुनका लागि पनि देउवा निर्धारित मितिभन्दा अगावै नेपाल फर्किने नेताहरूले बताएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।