काठमाण्डौ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किने तयारीमा रहेका बेला उनीविरुद्ध कुनै कानूनी मुद्दा वा पक्राउ पुर्जी रहेको वा नरहेको विषयमा नेपाल प्रहरीले रेकर्ड जाँच गरिरहेको जनाएको छ।
शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता अविनारायण काफ्लेले देउवासम्बन्धी अभिलेखहरू अध्ययन भइरहेको जानकारी दिए।
सञ्चारकर्मीले देउवा नेपाल फर्किएपछि उनलाई पक्राउ गर्ने वा अनुसन्धानको दायरामा ल्याउने कुनै कानुनी आधार छ कि छैन भन्ने प्रश्नमा प्रवक्ता काफ्लेले भने, ‘यस विषयमा रेकर्डहरू हेरिरहेका छौं। के तथ्य भेटिन्छ, त्यसका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाउँछौं।’
प्रहरीले हालसम्म देउवाविरुद्ध कुनै मुद्दा दर्ता भएको वा पक्राउ पुर्जी जारी भएको भन्ने आधिकारिक पुष्टि भने गरेको छैन।
यसअघि बिहीबार नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले देउवा साउन २६ गते नेपाल फर्किने जानकारी दिएका थिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।