शुक्रबार, श्रावण २२,२०८३ 03:48:07
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 03:48:07
Bizshala
Global IME Bank Limited

कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणः तत्कालीन सीईओसहित तीन जना पक्राउ

कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणः तत्कालीन सीईओसहित तीन जना पक्राउ
New Office

काठमाण्डौ। कर्णाली डेभलपमेन्ट बैंकमा भएको आर्थिक अनियमितता प्रकरणमा प्रहरीले तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीरजविक्रम शाहसहित तीन जनालाई पक्राउ गरेको छ। यस घटनाले बैंकिङ क्षेत्रको आन्तरिक नियन्त्रण, जोखिम व्यवस्थापन र नियामकीय निगरानीको प्रभावकारितामाथि पुनः प्रश्न उठाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेले शुक्रबार तत्कालीन सीईओ शाह, उनकी श्रीमती शुभेक्षा श्रेष्ठ तथा बैंकको नेपालगन्ज शाखाकी तत्कालीन शाखा प्रबन्धक दीपा थापालाई नेपालगन्जबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी प्रतीकसिंह राठौरका अनुसार उनीहरूमाथि बैंकिङ कसुर तथा आर्थिक अनियमिततासम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार बैंकबाट ठूलो परिमाणमा कर्जा प्रवाह गर्दा आन्तरिक प्रक्रिया पालना नगरिएको, नक्कली वा कमजोर धितोका आधारमा ऋण स्वीकृत गरिएको तथा धितो मूल्यांकन र कागजात व्यवस्थापनमा गम्भीर त्रुटि भएको आशंकाका आधारमा अनुसन्धान अघि बढाइएको हो। यस क्रममा तत्कालीन व्यवस्थापन तहका पदाधिकारीहरूको भूमिका पनि अनुसन्धानको केन्द्रमा राखिएको छ।

यसअघि नै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय बाँकेले उच्च अदालत तुलसीपुरको नेपालगन्जस्थित वाणिज्य इजलासमा तीन अर्ब २० करोड रुपैयाँभन्दा बढी रकम अपचलन भएको दाबी गर्दै मुद्दा दायर गरिसकेको छ। उक्त मुद्दामा १०९ जनालाई प्रतिवादी बनाइएको छ। हालसम्म केही प्रतिवादी पक्राउ परिसकेका छन् भने अधिकांश अझै फरार छन्।

अनुसन्धानको दायरामा बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, पूर्वअध्यक्ष पशुपति दयाल मिश्र, वित्त शाखा प्रमुख वेदप्रकाश सिंह ठकुरी तथा नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतलगायतका व्यक्तिहरू पनि रहेका छन्।

बैंकको वित्तीय अवस्था निरन्तर कमजोर बन्दै गएपछि नेपाल राष्ट्र बैंकले गत पुस १० गते कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गर्दै व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.